अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसमाचारहेडलाइन

सहारा महिला समाजको २० औं साधारणसभा सम्पन्न

Share to:

रासंसा/काठमाण्डौं, भाद्र २४,

मुलुकमा गत भाद्र २१ गते आइतबार सहारा महिला समाजको २० औं साधारणसभा २०८३ समाजकी केन्द्रीय अध्यक्ष बिना दाहालको अध्यक्षतामा सम्पन्न भएको छ । साधारणसभामा राष्ट्रिय सहकारी बोर्डकि पुर्व निर्देशक तुलसा रिमालको प्रमुख अतिथिको आतिथ्यता थियो । यस्तै विशेष अतिथिहरुमामा दिपक राज खडका, बिना सनेतको उपस्थिति थियो । अतिथिहरुमा सुशिला केसि, सुरेन्द्र उप्रेती, द्वारिका केसि, भुपेन्द्र राम श्रेष्ठ, सीता गुरुङ, सिवहरी खनालको आतिथ्यता थियो । साधारणसभाले देशमा परेको विपत्तिमा गहिरो समावेदनाकाथ नेपाल सरकारलाई हातमा हात मिलाउने निर्णय गरेको छ । यश विषम घडिमा समाजले रक्तदान कार्यक्रमको आयोजना गरि भोटेकोसी महाबाढी पहिरोमा परि घाइतेहरुको लागि रगतको आपूर्ति गर्ने र नेपाल सरकारसंग शिघ्र र तिव्र रुपमा सहकार्य गरि राहत वितरण कार्यमा सहयोग पुराउने निर्णय गर्दै समाजले भावी योजना समेत पारित गरेको छ । सभामा प्रमुख अतिथि तुलसा रिमालले मुलुकमा यस्तो विषम परिस्थितिमा पनि सहारा महिला समाजले गरेका कार्यहरूप्रती प्रसंसा गर्दै सहारा महिला समाज जोगाएर महिलाको हक हितका लागि कर्य गर्दै आएकोमा समाजका पदाधिकारीज्युहरुलाई धन्यवाद दिंदै २० औं साधारणसभा पुर्ण सफलताको शुभकामना दिनुभएको थियो । विशेष अतिथी, अतिथिगणहरुले आ-आफ्नो मन्तव्य ब्यक्त गर्दै समाजको २० औं साधारणसभा पुर्ण सफलताको शुभकामना व्यक्त गरेका थिए । साधारणसभालाई समापन गर्दै समाजकी केन्द्रीय अध्यक्ष बिना दाहालले सहारा महिला समाजले हालसम्म संस्था जोगाएर ल्याएको र विषम परिस्थितिमा पनि समाजका सबै सदस्यहरुले साथ दिएकोमा धन्यवाद दिंदै उपस्थित सबैमा उपस्थितिको लागि धन्यवाद दिनुभएको थियो । सहारा महिला समाजले संस्था स्थापनाकालदेखी हालसम्म सरकारसंग हातेमालो गर्दै विभिन्न कार्यक्रमहरु सफलताकासाथ गर्दै आएको छ ।

Like