धर्म–संस्कृति/रीतिथितिप्रदेश-२प्रदेश-४ [गण्डकी]समाचार

धार्मिक अभियान्ता कृष्णप्रसाद उपाध्यायको दुखद निधन

Share to:


हार्दिक श्रद्धाञ्जली
​कावासोती–८ निवासी बाल व्यास कृष्ण प्रसाद उपाध्यायको निधन
​हार्दिक भावपूर्ण श्रद्धाञ्जली गुरुजी! भगवान् श्रीकृष्णको धाममा हजुरको बास होस्। यहाँको दुःखद तथा अकल्पनीय निधनले समस्त हिन्दूहरूमा अपूरणीय क्षति भएको छ।
​एक कुशल आध्यात्मिक अगुवा, प्रखर वक्ता, अति मिलनसार, सबैका प्रिय र सधैं धर्मको रक्षाका लागि हिँड्नुहुने मेहनती व्यक्तित्व बाल व्यास ज्यू एक धार्मिक, विद्वान्, संस्कृतिविद् तथा समाजका लागि प्रेरणादायी व्यक्तित्व हुनुहुन्थ्यो। उहाँले धर्म, संस्कार र सनातन मूल्यको संरक्षणमा पुर्‍याउनु भएको योगदान सधैं स्मरणीय रहनेछ।
​यस्तो महान् व्यक्तित्वप्रति सच्चा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, शोकाकुल परिवारजनमा यो असहनीय दुःख सहन गर्ने धैर्य र शक्ति भगवान् श्रीकृष्णले प्रदान गरून् भन्ने गहिरो समवेदना व्यक्त गर्दछौं।

अन्जनराज न्यौपाने
सम्पादक
राष्ट्र संरक्षण डटकम

के वि संम्राट
सम्पादक
राष्ट्र संरक्षण साप्ताहिक

Like