अपराधप्रदेश-४ [गण्डकी]समाचार

सेती नदीको बहावमा कालिका हाइड्रोपावरको ट्रिपर बेपत्ता, चालकको खोजी कार्य जारी

Share to:


अन्जनराज न्यौपाने
गण्डकी प्रदेश
तनहुँ ।

जिल्लाको ऋषिङ गाउँपालिकास्थित सेती नदीमा पानीको बहावमा ट्रिपर फेला परेको छ। नदीमा ट्रिपरको ढाला मात्र देखिएको अवस्थामा स्थानीयबासीले खबर गरेपछि प्रहरी टोली घटनास्थलमा परिचालन भएको हो ।
​जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक द्वारिका घिमिरेका अनुसार शनिबार दिउँसो करिब १४:०० बजेको समयमा ऋषिङ गाउँपालिका वडा नं. १ बेतेनीस्थित सेती नदीमा ट्रिपर रहेको भन्ने सूचना प्राप्त भएको बताए ।
​सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगी प्रारम्भिक अनुसन्धान तथा बुझ्दा उक्त ट्रिपर कालिका हाइड्रोपावरको रहेको खुलेको छ। कालिका हाइड्रोपावरको ना १ क ७२४७ नम्बरको उक्त ट्रिपर नदीको बहावमा परेको आशंका गरिएको छ।
​घटनालगत्तै ट्रिपरका चालक भने सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ। हाल प्रहरीद्वारा चालकको खोजी कार्य तीव्रताका साथ भइरहेको छ भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

Like