अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसमाचारहेडलाइन

सुदूरपश्चिम सराेकार मञ्चद्वारा प्रथम पटक रक्तदान कार्यक्रम सम्पन्न

Share to:

रासंसा/काठमाण्डौं, श्रावण ३०,

मुलुकमा नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कोषाध्यक्ष प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा आज बानेश्वर स्थित चक्कु बख्खु पार्कमा सुदूरपश्चिम सराेकार मञ्चद्वारा प्रथम पटक रक्तदान कार्यक्रमकाे आयाेजना गरिएको थियोे ।
वरिष्ठ समाजसेवी एवं रक्तदान कार्य भनेपछि हुरूक्कै हुनुहुने अभियन्ता जगदीश के.सी.काे पूर्ण संयाेजनमा आयाेजित साे कार्यक्रमकाे सभापतित्व मञ्चका अध्यक्ष डा. दीर्घ सिंह बमले गर्नुभएको थियो । यसैगरी अतिथिहरूमा क्रमशः नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य सुशील घर्ती र डाेटेली समाजका कार्यवाहक अध्यक्ष करूणा शाही लगायतका महानुभावहरूकाे विशेष उपस्थिति थियोे ।
कार्यक्रमका प्रमुख अतिथि नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता,नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कोषाध्यक्ष प्रेमसागर कर्माचार्यले ३५औं पटक रक्तदान गर्नुहुने राजन बिडारीलाई रक्त संकलन थैली प्रदान गरि कार्यक्रमकाे शुभारम्भ गर्नुभएको थियोे । हावाहुरी पानीका बाबजुद पनि २७ जना महिला तथा पुरूषले रक्तदान गर्नुभएको थियोे ।

Like