अन्य थपदेशप्रदेश-३ [बागमती]समाचार

पृथ्वी राजमार्गको जवाङ खोलामा सुक्खा पहिरो गएपछि दुईतर्फी यातायात अवरुद्ध

Share to:

रासंसा/धादिङ, आषाढ ३१,

मुलुकमा मुग्लिङ-काठमाडौं सडकखण्डअन्तर्गत पृथ्वी राजमार्गको धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका-१० स्थित जवाङ खोला क्षेत्रमा ढुंगासहितको सुक्खा पहिरो खसेपछि दुईतर्फी नै सडक अवरुद्ध भएको छ।जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालका अनुसार डोजरमार्फत पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। तर माथिबाट निरन्तर ढुंगा झरिरहेकाले पहिरो हटाउने कार्यमा कठिनाइ भइरहेको उनले बताए। पहिरोसँगै माथिबाट निरन्तर ढुंगा झर्ने क्रम जारी रहेकाले सयौं यात्रुवाहक तथा मालवाहक सवारीसाधन बीच बाटोमै रोकिएका छन्। सडक अवरुद्ध हुँदा यात्रुहरूले सास्ती व्यहोर्नुपरेको छ।

Like