अन्य थपप्रदेश-६ [कर्णाली]राजनीतिसमाचारहेडलाइन

कर्णाली प्रदेशमा कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि प्रतिपक्षी दल छलफलमा

Share to:

रासंसा/सुर्खेत, आषाढ ३१,

मुलुकमा बुधबार बिहान कर्णाली प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठक बसेकाे छ । सत्ता गठबन्धन फेरिन सक्ने चर्चा गरिरहेका बेला बसेको विपक्षी दलको बैठकलाई चासोपूर्वक हेरिएको छ । आजै रातोपाटीसँग कुराकानी गर्दै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले राजनीतिमा असम्भव भन्ने केही नहुने भन्दै नयाँ गठबन्धन बन्न सक्ने समेत बताएका थिए । बुधबार अपराह्नदेखि कर्णाली प्रदेश संसदीय दलकाे बैठक सुरु भएकाे नेकपा संसदीय दलका नेता मंगलबहादुर शाहले राताेपाटीलाई बताए। बैठकमा समसामयिक विषयमा छलफल भइरहेको उनले बताए ।

Like