अन्य थपप्रदेश-७ [सुदुर पश्चिम]मुख्य समाचारस्पेसल

पत्रकार खेम भण्डारी पक्राउ

Share to:

रासंसा/कंचनपुर, आषाढ १८,

मुलुकमा कञ्चनपुरका पत्रकार खेम भण्डारी अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार भण्डारीलाई पक्राउ गरेको हो। उक्त फैसलाको कार्यान्वयनका क्रममा भण्डारीलाई पक्राउ गरिएको डीएसपी राउतले जानकारी दिए। प्रहरीका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी भण्डारीलाई अदालतको फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा प्रस्तुत गरिनेछ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर राउतका अनुसार भण्डारीविरुद्ध दर्ता भएको गालीगलौजसम्बन्धी मुद्दामा अदालतले एक महिना सात दिन कैद सजाय तथा जरिवानाको फैसला सुनाएको थियो।

Like