मानव सत्संग कार्यक्रम व्यास जन्मभूमि तनहु दमौलीमा हुने

Share to:



अन्जनराज न्यौपाने
तनहुँ १ गते शुक्रबार

४वेद १८ पुराणका रचायिता भगवान वेदव्यासको जन्मस्थल पवित्र पावन भूमि , महर्षि परासर ऋषिको तपोभूमि दमौली स्थित व्यास-४ जलदेवी मन्दिर मा बृहत महान सत्संग कार्यक्रम आयोजना गरिने भएको छ। उक्त कार्यक्रम व्यास नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष मनबहादुर गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल मानव धर्म सेवा समितिका सचिव विष्णुप्रसाद खनालले जानकारी दिए। विश्व ब्रह्माण्डमा शान्ति होस् सबै प्राणीको कल्याण होस् भन्ने उद्देश्यका साथ नेपाल मानव धर्म सेवा समिति गण्डकी क्षेत्र आश्रम हंश सनातन मन्दिर तुलसीघाट पोखराकी प्रमुख महात्मा उषा बाइजीले विश्वमा व्याप्त हत्या हिंसा आतंक बलात्कार लुटपाट चोरी डकैती भ्रष्टाचारको अन्त्य गर्नका लागि यस्ता खाले सत्संग कार्यक्रमले मानव जीवनमा महत्वपूर्ण सकारात्मक असर पार्ने बताइन्। मानव धर्मसेवा समितिका कार्यक्रम संयोजक अञ्जनराज न्यौपानेले धर्मको रक्षा गर्न सके मात्र आफ्नो रक्षा हुने बताए। संयोजक न्यौपानेले विश्वका हिन्दूहरूको मूलथलो व्यास जन्मभूमि तनहुँलाई विश्वमाझ पहिचान गराउन आफूले यस्ता खाले अभियान वडा नगर क्षेत्र र जिल्ला हुँदै प्रदेश र केन्द्रकृत कार्यक्रमहरू गरिने जानकारी दिए। कार्यक्रमका सहसंयोजक नवराज छिमालले जलदेवी मन्दिर परिसर ब्यास चार दमौली तनहुमा आयोजना गरिने यस कार्यक्रममा उद्योगी व्यवसायी विभिन्न सामाजिक व्यक्तित्व धार्मिक संघ संगठनका व्यक्तित्वहरु सबै उपस्थित हुने जानकारी दिए।

Like