गृहमन्त्रीले दाबी गरेको २० रोपनी जग्गाको भाडा ५ वर्षदेखि तिरेका छैन
मिनबहादुर कुँवर/कास्की, चैत्र २२,
मुलुकमा गृहमन्त्री सुधन गुरुङको भनेर सञ्चारमाध्यममा सार्वजनिक जग्गा भाडामा लिएको पाइएको छ । जग्गाधनी गुरुङका अनुसार सुधनले एक वर्षको मात्रै भाडा तिरेका छन् । बाँकी भाडा तिर्न बाँकी रहेको उनले सुनाए । ‘५–६ वर्ष भयो सम्झौता गरेको छ । एक वर्षको भाडा २ लाख पाएँ । त्यसपछि पैसा पाएको छैन,’ उनले भने, ‘धेरै पटक सम्पर्क गरेको हो । सम्पर्कमै आउनुभएन ।’ गुरुङले आफ्नो ताल किनारमा २० रोपनी जग्गा रहेको र उक्त जग्गामा समेत डोजर लगाउन भनेको भन्दै पोखराका मेयर धनराज आचार्यले सार्वजनिक वक्तव्य दिएका छन् । गृहमन्त्री गुरुङले स्थानीय ओमबहादुर गुरुङसँग वर्षमा २ लाख तिर्ने गरी उक्त जग्गा भाडामा लिएका थिए । उक्त जग्गामा गृहमन्त्रीले रिसोर्ट र पर्यटकलक्षित संरचनाहरु निर्माण गरेका छन् । संरचना निर्माण गर्दागर्दै स्थानीयसँग विवाद भएपछि उनले त्यसै छोडेर हिँडेका हुन् । तालको नक्सा देखाउने क्रममा सुधनले आफ्नो जग्गामा समेत डोजर लगाउन आफूले अवरोध नगर्ने बताएका थिए । यसबारे बुझ्न खोज्दा सुधन सम्पर्कमा आएका छैनन् । यता जग्गाधनीले चाहिँ सम्पर्कमा आएर भाडा तिर्न आग्रह गरेका छन् । उक्त जग्गा १५ वर्षका लागि भाडामा लिएका हुन् । केही संरचना निर्माण भएपछि सुधनले त्यसै छोडेर बाहिरिएका थिए । उक्त जग्गाको नापी दर्ताबारे भने अझै प्रस्ट भैसकेको छैन । केही जग्गा नापी भएको र केहीचाहिँ हकभोगका आधारमा सम्झौता भएको हुन सक्ने बताइएको छ ।‘भाडा त नियम कानुनले त अहिलेसम्म दिनुपर्ने हो । उहाँ त झन् एकदमै स्थिति बसाल्ने, कानुन बसाल्ने भन्दै हिँड्नुभएको छ, तर आफ्नो सम्झौताको भाडाचाहिँ दिनुभएको छैन,’ अघि थपे, ‘गृहमन्त्रीज्यू सम्पर्कमा आउनुस् । तपाईंले चलाए चलाउनुस्, नचलाएचाहिँ त्यो कागज च्यातौँ ।’