नेपाल स्वयंसेवी रक्तदाता समाज काेशी प्रदेश कार्यसमिति गठन

Share to:

रासंसा/मोरङ, चैत्र १६,

मुलुकमा स्थानीय पर्पल हेज हाेटलकाे सभाकक्षमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा नेपाल स्वयंसेवी रक्तदाता समाज काेशी प्रदेश कार्यसमिति गठनार्थ एक भेलाकाे आयाेजना गरिएको थियो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज माेरङ्ग जिल्ला शाखाका सचिव बिजय खतिवडाकाे सभापतित्वमा सम्पन्न उक्त भेलाले १०६ पटक रक्तदान गरिसकेका जिल्ला सदस्य स्वयंसेवी रक्तदाता हरिमाेहन श्रेष्ठकाे अध्यक्षतामा ५ सदस्यीय काेशी प्रदेश कार्यसमिति गठनकाे लागि आवश्यक प्रक्रिया अगाडि बढाउन तदर्थ समिति गठन गरिएको छ । जसमा सदस्यहरू क्रमश: सन्तनु रेग्मी, विनायक पन्त, कुशेश्वर राजवंशी र वेदप्रसाद संग्रौला रहनु भएको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष कर्माचार्यले निःशुल्क दान गरिएको रगत बिरामीले गुणस्तरीय परिक्षण पश्चात् सहजै र नि:शुल्क पाउनु पीडितपक्षको नैसर्गिक अधिकार हाे बताउनु भयो ।
“नेपाल सरकारकाे रक्त व्यवस्थापनमा भइरहेको कमजोरीका कारण बिरामीहरूले सास्ती भोग्नु परिरहेको छ र सरकारले अवस्था सुधार गर्नुको सट्टा निजी क्षेत्रलाई रगतको कारोबार गर्न दिनु विडम्बनापूर्ण छ” उनले भने ।
सो भेलाले नवनियुक्त अध्यक्ष हरिमोहन श्रेष्ठ, दुर्लभ समूहका ६९ पटकका रक्तदाता विनायक पन्त, ५४ पटकका रक्तदाता वेदप्रसाद संग्रौला लगायतले आफ्ना मानवीय सेवाका प्रेरक अनुभवहरू साझा गरेका थिए ।

Like