गौमाताको महिमा

Share to:

डा. के. बि. सम्राट

हाम्रो सनातन संस्कृतिमा गाईलाई केवल जनावरको रूपमा होइन, माता को रूपमा पूजा गर्ने परम्परा रहिआएको छ। गाईलाई “गौमाता” भनेर सम्बोधन गर्नुको पछाडि गहिरो धार्मिक, सांस्कृतिक र वैज्ञानिक महत्व रहेको छ।
शास्त्रहरूमा भनिएको छ— गाईमा ३३ करोड देवी-देवताको वास हुन्छ। त्यसैले गाईको सेवा गर्नु भनेको सम्पूर्ण देवताको पूजा गर्नु सरह मानिन्छ। गौमाता संसारका प्राणीहरुमध्यको यस्तो प्राणी हो जसले आफैं अक्सिजन दिन्छ र आफैं अक्सिजन लिन्छ ।
गौमाताले दिने गोबर र गौमूत्र पनि अत्यन्त उपयोगी छन्। गोबरलाई जैविक मलका रूपमा प्रयोग गर्दा माटोको उर्वरता बढ्छ भने गौमूत्र आयुर्वेदिक औषधिमा समेत प्रयोग गरिन्छ। गाउँघरमा गाईले हाम्रो जीवनमा ठूलो योगदान पुर्‍याएको छ। गाईको दूध पोषणको मुख्य स्रोत हो, जसले शरीरलाई बलियो र स्वस्थ बनाउँछ। दूधबाट बन्ने दही, घ्यू, मखन जस्ता परिकारहरू हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा हुन्। आजको आधुनिक समयमा पनि गौसंरक्षण अत्यन्त आवश्यक छ। गौमाताको संरक्षण गर्नु भनेको हाम्रो संस्कृति, स्वास्थ्य र वातावरणको संरक्षण गर्नु हो।
हामी सबैले गौमाताको सम्मान, संरक्षण र सेवा गर्नुपर्छ। यसले समाजमा सकारात्मक ऊर्जा फैलाउँछ र हाम्रो परम्परालाई जीवित राख्न मद्दत गर्छ।
“गौमाता केवल एक जनावर होइन, हाम्रो आस्था, संस्कार र जीवनको आधार हो।”

Like