पोखरा २१ निवर्तमान वडाध्यक्ष खगराज आचार्यको प्रष्टोक्ती
संवाददाता/ पोखरा/ कास्की चैत्र ९
गण्डकी ब्यूरो
मुलुकमा गण्डकी प्रदेश पोखरा महानगरपालिका वडा नं. २१ का निवर्तमान वडाध्यक्ष खगराज आचार्य ज्युले अघि सार्नुभएको कुभिण्डे कोत्रे पर्यटकीय मार्ग योजनालाई अघि बढ्नुपर्ने बताउनुभएको छ। आफू वडाध्यक्ष रहदा महत्त्वपूर्ण विकासका जगको सुरुवात गरेको र बांकी अधुरा रहेका सो विकास निर्माणका कार्यहरु क्रमागत रुपले निरन्तरता पाउनु पर्ने बताएका छन। विभिन्न बिषयहरुमा खरो रुपमा प्रस्तुत हुने आचार्य केही समय अघि सम्म नेकपा एमाले जिल्ला कमिटी कास्कीको सल्लाहकार पदमा हुनुहुन्थ्यो। प्रतिनिधिसभा निर्वाचन २०८२ मा नेकपा एमालेको लज्जास्पद हारको कारण नैतिकताका आधारमा सल्लाहकार पद बाट राजिनामा दिनुभएको हो। साथै पोखरा महानगरपालिका फोहोरमैला व्यवस्थापन अर्थात ल्याण्डफिल्ण्ड साइड सम्बन्धि स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम व्यवस्थापन हुनुपर्नेमा विशेष जोड दिदै आफ्ना धारणाहरु प्रस्तुत गर्नुभएको छ।