पोखरा -२१, निवर्तमान वडाध्यक्ष खगराज आचार्यको प्रष्टोक्ति
संवाददाता / पोखरा /कास्की चैत्र ९
गण्डकी ब्यूरो
मुलुकमा गण्डकी प्रदेश पोखरा महानगरपालिका वडा नं. २१ का निवर्तमान वडाध्यक्ष खगराज आचार्य ज्यु ले अघि सार्नुभएको कुभिण्डे कोत्रे पर्यटकीय मार्ग योजनालाई अघि बढाउनुपर्ने बताउनुभएको छ। आफू अध्यक्ष रहदा केही महत्त्वपूर्ण विकास निर्माणको जग सुरुवात गरेको र बाँकी अधुरा योजनाहरु क्रमागत रुपले निरन्तरता पाउनु पर्ने बताएका छन। विभिन्न बिषय र एजेन्डाहरुमा खरो रुपले प्रस्तुत हुने आचार्य केही समय अघि जिल्ला कमिटी कास्कीको सल्लाहकार समेत हुनुहुन्थ्यो। प्रतिनिधीसभा २०८२ को निर्वाचनमा नेकपा एमाले लज्जास्पद हारपछि नेतिकताका आधारमा उहाँ सल्लाहकार पदबाट राजिनामा दिनुभएको हो। साथै पोखरा महानगरपालिकाको फोहोरमैला व्यवस्थापन सम्बन्धित ल्याण्डफिण्ड साइड सरकार संचालन ऐन २०७४ अनुसार व्यवस्थापन हुनु पर्नेमा विशेष जोड सहित आफ्ना धारणाहरु प्रस्तुत गर्नुभएको छ।