स्वतन्त्र पत्रकार संघ नेपाल काठमाण्डौं र ललितपुर जिल्ला अधिवेशन सम्पन्न

Share to:

प्रताप रानामगर/काठमाण्डौं, चैत्र ८,

मुलुकमा स्वतन्त्र पत्रकार संघ नेपाल काठमाण्डौं शाखाको दसौं साधारणसभा तथा पाँचौ जिल्ला अधिवेशन र ललितपुर जिल्ला शाखाको आठौं साधारणसभा तथा चौथो जिल्ला अधिवेशन काठमाण्डौंको लेखनाथ साहित्य सदन सोह्रखुट्टेमा एक समारोहकासाथ सम्पन्न भएको छ । दुवै जिल्लाका जिल्ला अध्यक्ष द्वय पुश्कर राज पाण्डे र उपेश नौवागको सभापतित्वमा भएको समारोहमा स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष सहप्राध्यापक डा. के. बि. सम्राटको प्रमुख आतिथ्यता थियो । विशेष अतिथीमा स्वतन्त्र पत्रकार संघ नेपाल काठमाण्डौं शाखा जिल्ला सल्लाहकार एवं पशुपति अन्नपुर्णा आश्रमकी केन्द्रीय सदस्य तथा धार्मिक समितिकी संरक्षक माता भद्रकाली, महासचिव महेश जङ्ग कुंवर, वरिष्ठ सन्चारकर्मी श्रीराम पुडासैनीको उपस्थिति थियो । अतिथिहरुमा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय राष्ट्रिय कोषाध्यक्ष बद्री दुलाल, भक्तपुर जिल्ला उपाध्यक्ष मोहन लामिछाने, राष्ट्रिय पार्सदहरुमा कृष्ण किसि, बसन्त घिमिरे, प्रताप रानामगरलगायतका विशिष्ट महानुभाव्हरुको आतिथ्यता थियो । समारोहमा अध्यक्ष द्वयको भावी योजना तथा प्रगति प्रतिवेदन जिल्लाको अघिल्लो भेलामा प्रस्तुत भइ पारित गरिएको र अधिवेशन निर्वाचन समितिको गठन भइ जिल्ला पदाधिकारी निर्वाचित भएको सो घोषणा साधारण सभा तथा अधिवेशनमा घोषणा प्रमुख अतिथि डा. सम्राटले गर्नुभएको थियो । काठमाण्डौं शाखाको आर्थिक प्रतिवेदन पहिलो बैठकमै पारित भइसकेको जानकारी कोषाध्यक्ष रिता श्रेष्ठ प्रधानले जानकारी दिनुभएको थियो । समारोहमा प्रमुख अतिथी स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष सहप्राध्यापक डा. के. बि. सम्राटले दुबै जिल्लाका निर्वाचित पदाधिकारीहरुको नामावली प्रस्तुत गर्दै विशेष अतिथि त्रय श्रीराम पुडासैनी, माता भद्रकाली र महेश जङ्ग कुंवरलाई खादा तथा अबिर लगाएर शुभकामना तथा आशिर्वाद दिना आग्रह गर्नुभयो । काठमाण्डौं जिल्लाका निर्वाचित पदाधिकारीहरुमा अध्यक्षमा कृष्ण राज तिमिल्सिना, उपाध्यक्षमा रिना श्रेष्ठ, सचोवमा सानो राज महर्जन, सहसचिवमा मोहन अधिकारी निर्वाचित भएका छन । यस्तै सदस्यहरुमा दामोदर भट्ट, फोमस भन्डारी र सुनिता आग्ने निर्वाचित भएका छन । यसरी नै राष्ट्रिय पार्सदहरुमा सहप्राध्यापक डा. के. बि. सम्राट वसन्त घिमिरे, प्रताप रानामगर, महेश जङ्ग कुंवर पुष्कर पाण्डे र सबित्री बस्नेत सबु निर्वाचित भएका छन । यस्तै ललितपुर जिल्ला शाखाका निर्वाचित पदाधिकारीहरुमा अध्यक्षमा सरिता थपलिया, उपाध्यक्षमा कृष्ण राज तिमल्सिना, सचिवमा धर्म लाल मानन्धर, सहसचिवमा शंकर घिमिरे, कोषाध्यक्षमा मनोज खड्का निर्वाचित भएका छन । यस्तै सदस्यहरुमा सुरेन्द्र थापा र मोहन बि.क. निर्वाचित भएका छ्न । यसरी नै राष्ट्रिय पार्सदहरुमा बद्री दुलाल, उपेश नौबाग, जित बहादुर खाती र राजेश अमात्य निर्वाचित भएका छन भने प्रदेश पार्सदहरुमा दिपक अधिकारी र किशोर सिलवाल निर्वाचित भएका छन । समारोहमा प्रमुख अतिथि, विशेष अतिथि एवं अतिथिहरुले आ-आफनो शुभकामनासहित निर्वाचित पदाधिकारीहरुलाई धन्यवाद दिएका थिए । कार्यक्रम काठाण्डौं जिल्ला उपाध्यक्ष सबित्री बस्नेत सबुले संचालन गरेकी थिईन ।

Like