आज अन्तर्राष्ट्रिय नारी दिवस (International Womens Day) संसारभरी मनाइदै
रासंसा/काठमाण्डौ, फाल्गुण२४,
“यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवताः।
“यत्रैतास्तु न पूज्यन्ते, सर्वास्तत्राफलाः क्रियाः॥”
समाजमा महिलाको महत्वलाई उजागर गर्छ। जहाँ महिलाहरूको सम्मान र पूजा गरिन्छ, त्यहाँ समृद्धि र दैवी आशीर्वाद प्राप्त हुन्छ। तर जहाँ महिलाहरूको अपमान वा बेवास्ता गरिन्छ, त्यहाँ सबै काम असफल र निष्फल हुन्छन्। महिला दिवसको मार्च ८ तारिखमा मिति पर्ने कारण चाहिँ अलिक रोचक छ । खासमा महिला आन्दोलन सुरु भएको मिति त्यति बेलाको जुलीअन पात्रोअनुसार फेब्रुअरी २३ आइतबार थियो। यही मिति ग्रिगोरीअन पात्रोअनुसार मार्च ८ हो र त्यस कारणले हरेक वर्ष मार्च ८ मा नै महिला दिवस मनाइन्छ । पहिलो पटक सन् १९११ मा मनाइएको अन्तर्राष्ट्रिय महिला दिवस त्यसवर्ष अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डमा मनाइएको थियो। त्यसको १०० वर्ष पछि सन् २०११ मा नारी दिवसको शततक उत्सव मनाइयो। यद्यपि यस दिवसलाई संयुक्त राष्ट्र सङ्घले चाहिँ सन् १९७५ मा आधिकारिक मान्यता दिएको थियो । एकफेर सन् १९१० मा भएको महिलावादी आन्दोलन, अझ भनौँ अमेरिका मा त्यसवखत भएको महिला समानता अभियानको पुनरावलोकन गरौँ । न्यु योर्क सहरमा सन् १९०८ मा १५ हजार महिलाले आफूहरूमाथि भएको असमानता जस्तै कि काम गर्ने समय थोरै हुनुपर्ने, समान ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्याली गरेसँगै नारी दिवसको सुरुवात भएको थियो । त्यसकै एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो। अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा भागीदारी हुने, सम्मानजक श्रम र श्रम मूल्यमा समानता कायम हुनुपर्ने एजेन्डासहित हरेक वर्ष संसारभर विभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । यस बर्ष अन्तर्राष्ट्रिय नारी दिवसका लागि संयुक्त राष्ट्रसंघले ‘सबै महिला र बालबालिकालागि अधिकार, न्याय र कार्य’ भन्ने रहेको छ । यस नाराले समाजमा रहेका संरचनागत अवरोध हटाउने, भेदभावपूर्ण कानुन अन्त्य गर्ने तथा महिला र बालिकाको अधिकार सुरक्षित गर्न कानुनी संरक्षण बलियो बनाउने विषयमा जोड दिएको छ । तर, अमेरिकामा मात्रै होइन, यसलाई अन्तर्राष्ट्रिय दिवस बनाउनुपर्ने भन्दै सुरुमा नारीवादी नेतृ क्लारा जेट्किनले बहस सुरु गरिन् । सन १९१० मा कोपनहेगनमा भएको कामकाजी महिलाको अन्तर्राष्ट्रिय सम्मेलनमा उनले यो विषयलाई औपचारिक रुपमा प्रवेश गराइन्, जुन सम्मेलनमा १७ देशका १०० भन्दा बढी महिला नेतृहरुको सहभागीता रहेको थियो । जेट्किनको यो प्रस्तावमा सहभागी सबै राष्ट्रका महिलाहरुले सहमति जनाए ।सन १९०८ मो न्यूयोर्क सिटीमा १५ हजार महिलाले सामूहिक रुपमा नै काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो समान ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित वृहत र्यालीमार्फत महिला आन्दोलन गरेका थिए । आन्दोलनको माग सम्बोधनसहित त्यसको एक वर्षपछि अमेरिकाको तत्कालीन समाजवादी पार्टीले पहिलो पटक अमेरिकामा राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो । सो सम्मेलनपछि पहिलो पटक सन १९११ मा अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डामा औपचारिक रुपमा नै मनाउन सुरु गरियो । क्रमश: अन्य देशले पनि यस दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाउन सुरु गरे । यो आ-आफनो देशअनुसार मनाउने चलन क्रमश: बढ्दै गयो । संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि मात्र बल्ल यसले विश्वभरका लागि आधिकारिक मान्यता पायो र राष्ट्र संघका सबै सदस्यले यसलाई संसारभर मनाउन थालेका थिए । सन १९१७ मा भएको युद्धकालीन आन्दोलनमा रुसी महिलाहरूले ‘रोटी र शान्ति’ को माग नगर्दासम्म यसले औपचारिकता पाएको थिएन । सो आन्दोलनले महिला आन्दोलनलाई झनै उचाइमा लगिदियो । सो महिला आन्दोलनको चार दिनपछि रुसका तत्कालीन सम्राट पद त्याग्न बाध्य भए र त्यहाँको अस्थायी सरकारले महिलालाई मतदानको अधिकार दियो ।