फागुनमा स्वतन्त्र पत्रकार संघ नेपालको केन्द्रीय महाधिवेशन हुने

Share to:

रासंसा/काठमाण्डौ, मार्ग १३,

मुलुकमा स्वतन्त्र पत्रकार संघ नेपालको पाँचौं केन्द्रीय महाधिवेशन तथा १४ औं वार्षिक साधारणसभा आगामी फागुन २४ गते हुने भएको छ । संघको गत बिहीबार काठमाण्माडौमा बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो । महाधिवेशनले आगामी २ वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । देशभरका २९ जिल्लामा शाखा रहेको स्वतन्त्र पत्रकार संघको अघिल्लो अधिवेशन पनि गैंडाकोटस्थित मौलाकालिकामा भएको थियो भने आगामी हुन लागेको महाधिवेशन नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका–१ मा हुने केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले जानकारी दिनुभयो । यसैगरी, पुस मसान्तभित्र सबै जिल्ला शाखाका अधिवेशनहरु सम्पन्न गर्ने र माघ १५ भित्र शाखाका सम्पूर्ण सदस्यहरुको व्यक्तिगत विवरणसहितको फाइल केन्द्रमा बुझाउन पनि जिल्ला शाखाहरुलाई सूचित गरिएको छ । स्वतन्त्र पत्रकार संघ नेपालको स्थापना २०६८ फागुन २४ गते, फागुपूर्णिमाका दिन पोखरामा भएको थियो ।

Like