प्रेरणापद जीवन उपयोगी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

Share to:

पुष्पराज खतिवडा/तनहुँ, मार्ग ५,

मुलुकमा श्री परमानन्द संस्कृत गुरुकुल विद्यापीठ देवघाटका विद्यार्थीहरूलाई चितवन मेडिकल कलेजकी प्राध्यापक श्रीमती ममता न्यौपानेबाट प्रेरणाप्रद जीवन उपयोगी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमको संरक्षकत्व नेपाल सन्त समाजका अध्यक्ष एवम् हरिहर संन्यास आश्रमका पीठाधीश अनन्तश्री विभूषित ज्ञानानन्द सरस्वतीजी महाराजले गर्नुभएको थियो । कार्यक्रममा श्री परमानन्द संस्कृत गुरुकुल विद्यापीठका प्राचार्य स्वामी सच्चिदानन्द सरस्वतीजी महाराजले आशीर्वचन प्रदान गर्नुभएको थियो। सो कार्यक्रमको सहजीकरण नेपाली विषयका विभागाध्यक्ष पुष्पराज खतिवडाले गर्दै हामीलाई जानकारी दिनुभएको छ । कार्यक्रममा सहभागी सबैमा संरक्षकत्व नेपाल सन्त समाजका अध्यक्ष एवम् हरिहर संन्यास आश्रमका पीठाधीश अनन्तश्री विभूषित ज्ञानानन्द सरस्वतीजी महाराजले आशीर्वचन दिंदै धन्यवाद दिनुभएको थियो ।

Like