मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले सम्हाले कार्यभार
भोगेन्द्रलाल कर्ण/धनुषा, कार्तिक २५,
मुलुकमा मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले कार्यभार सम्हालेका छन् । मधेस आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरूलाई मधेस रत्न सम्मानबाट सम्मानित गर्ने निर्णय गरेका हुन् । कार्यभार सम्हाल्दै उनले मधेस आन्दोलनका सहिदहरूलाई मधेस रत्नले सम्मानित गर्ने पहिलो निर्णय गरेका छन् । मुलुकमा सङ्घीयता ल्याउन मधेसका शहीदहरूको अतुलनीय योगदान रहेको मुख्यमन्त्री यादवले बताए । उनले प्रदेशमा शान्ति सुव्यवस्था कायम गरी सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन सुरक्षा निकायका पदाधिकारीहरूलाई निर्देशन दिएका हुन् । उनले शहीदका परिवारलाई मधेसमा आर्थिक सहयोग दिइएको भएपनि मधेसका शहीदहरूलाई सम्मान नभएको बताए । कात्तिक २३ मा मुख्यमन्त्री नियुक्त भएका उनले कात्तिक २४ गते शपथ लिएका थिए ।
Like