स्वयम्भूनाथमा बौद्धमार्गी तथा दर्शनार्थीहरुको घुइँचो,
रासंसा/काठमाण्डौ, बैशाख २९,
मुलुकमा आज २५६९औँ बुद्ध जयन्ती बुद्ध जन्मस्थल लुम्बिनीसँगै देशभरका बौद्ध स्तूपा, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्ध जयन्ती मनाइँदैछ । काठमाण्डौको स्वयम्भूनाथ स्तूपमा पनि भक्तजनहरू पूजाआजा, ध्यान र प्रार्थनामा सहभागी हुँदै पर्व मनाइरहेका छन्। विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रमा पनि आज बिहानैदेखि बौद्धमार्गी तथा सर्वसाधारणको घुइँचो लागेको छ । बुद्ध जयन्तीका अवसरमा आज स्वयम्भू महाचैत्यस्थित बुद्ध मन्दिरमा विशेष पूजाअर्चना हुनेछ ।
Like