आज नृसिंह जयन्ती, महिला ज्योतिष संघ स्थापना दिवस
रासंसा/काठमाण्डौ, बैशाख २८,
न म भित्र मरूँ, न बाहिर । न भूमीमा, न आकाशमा, न जलमा मरूँ ।।
न अस्त्रले मरूँ, न शस्त्रले । न मनुष्यको हाथले मरूँ, न पशुद्वारा मरूँ ।।
हिरण्यकशिपुले भगवान महादेवसंग अमर हुने वरदान माग्यो जुन आग्रहलाई भगवान महादेवले अस्वीकार गर्नुभयो । यो हेरेर हिरण्यकशिपुले एउटा जुक्ति लगायो र अर्को वरदान माग्यो, र भन्योः हिरण्यकशिपुको यो आग्रहलाई भगवान महादेवले तथास्तुः भनेर अन्तरध्यान हुनुभयो । यो वरदान पाएर अब उ आफूलाई अजर अमर ठान्न थाल्यो र उसले आफूलाई नै भगवान घोषणा गरीदियो । त्यसपछि उसको अत्याचार, अन्याय र पापका श्रृंखला यति बढ्न थाल्यो की चारैतिर त्राहिमाम-त्राहिमाम मच्चिन थाल्यो । राजा हिरण्यकशिपुले आफ्नो छोरालाई आफू नै भगवान हूँ, यो जगमा अरू कुनै भगवान छैन भन्ने कुरा सम्झाउन अनेक प्रयास गरे तर प्रह्लाद आफ्ना पिताको यो कुरा स्विकार्न कदापी तयार भएनन । कुनै उपाय नलागेपछि राक्षसी स्वभावका राजा हिरण्यकशिपुले छोरा प्रह्लादको भगवानप्रतिको आस्था अनि भक्तिबाट क्रोधित भएर प्रह्लादलाई अनेक दुःख, यातना दिएर उनको ध्यान, भक्तिमा अनेक बाधा उत्पन्न गर्दै मार्नका लागि प्रयास गर्ने गर्दथे । केहि समयपश्चात् हिरण्यकशिपुको दरबारमा एउटा बालकको जन्मभयो जसको नाम प्रह्लाद राखियो । प्रह्लाद बुझ्ने हुनथाले र विस्तारै उनको पिताले आफूलाई भगवान ठानेको भ्रमलाई अस्विकार गर्नथाले । भगवान र भगवानप्रतिको उनको विश्वासमा कुम्हालेको आभामा आगलागी पश्चात् पनि बाँचेको बिरालो ठूलो बन्न गयो, त्यस घटनाले प्रह्लादको मनमा भगवानप्रति थप निष्ठा बढाउन ठूलो भूमीका खेल्यो । एकदिन हिरण्यकशिपुले छोरा प्रह्लादलाई दरबारको एउटा खम्बामा बाँधिदिए र तलवारले प्रहार गरे, तत्पश्चात् खम्बा बिष्फोट हुँदै ठूलो गर्जनकासाथ भगवान विष्णु आधा शरीर पुरूष तथा आधा शरीर संहको धारण गरी नरसिंह अवतार लिएर प्रकट भए । हिरण्यकशिपुले भक्त प्रह्लादलाई दिएको यातनाले चरम यातनाबाट अत्यन्त क्रोधित बनेका भगवान नरसिंहले हिरण्यकशिपुलाई बोकेर आफनो काखमा उत्तानो पारेर राख्नुभो र गोधूली साँझको बेला सिंहका तिखा तिखा नङ्ग्राले पेट चिरीदिनुभयो । यिनै विचित्र भगवानलाई हामी वैदिक सनातन धर्मका अनूयायीहरू शुभ मङ्गलका लागि यो दिन व्रत गर्ने परम्परा रहिआएको छ । भगवान विष्णुले आजैको दिन नरसिंहको अवतार लिनुभएको हुँदा आजको दिनलाई नरसिंह जयन्तीको रूपमा मनाइँदै आइएको छ । भगवान नरसिंहलाई विष्णु भगवानको सबैभन्दा उग्र अवतार मानिन्छ । नृसिंह अथवा नरसिंह नर अर्थात् मान्छे अनि सिंहका एकात्मक रुप हो नरसिंह अवतार । मानव शरीरमा सिंहको टाउको भएका भयंकर आकार अनि सिंह झै क्रोध भएका मानिन्छ । भक्त प्रह्लादका कथाहरुमा नरसिंह अवतारको व्यापक वर्णन पाइन्छ । हामीले होलीमा होलीका दहनको खुशीयाली मनाँउदा जो होलीकाको कुरा गर्दछौं उनै होलीकाको दाईको छोरा नै भक्त प्रह्लाद हुन् । नरसिंहको पूजा, आराधना, यश, सुख, समृद्धि, पराक्रम, कीर्ति, सफलता र निर्बाध उन्नति दिने विश्वास गरिन्छ । नरसिंह मन्त्रले तंत्र मंत्र बाधा, भूत पिशाच भय, अकाल मृत्यु र असाध्य रोगबाट छुटकाराका साथै जीवनमा शान्ति मिल्ने विश्वास गरिन्छ । आफ्ना भक्तहरुलाई विपत परेको बखत आएर रक्षा गर्ने यिनै नरसिंहलाई नरहरि, उग्र विर महा विष्णु अनि हिरण्यकश्यपू अरि नामले पनि पुकारा गरिन्छ । भगवान नरसिंह को बीज मंत्र – श्रौं’/ क्ष्रौं (नरसिंह बीज) यस बीज मन्त्रमा क्ष्. नरसिंह, र् . ब्रह्म, औ . दिव्यतेजस्वी, एवं बिंदु . दुखहरण हो। यस बीज मंत्र को अर्थ हो ‘दिव्यतेजस्वी ब्रह्मस्वरूप श्री नृसिंह मेरो दुःख दूर गर्नुहोस्।’ आजका दिन विशेष व्रत अनि आराधना स्त्री, पुरूष जो कोहीले गर्न सक्छन् । वैष्णव समूदायका लागि त आज झनै विशेष उत्सव हो । भगवान नरसिंह अनि छेउमा माता लक्ष्मीको प्रतिमा स्थापीत गरी वेदमन्त्रले प्राणप्रतिष्ठा गर्ने चलन छ । फूल, फल, केसर, नरिवल, अक्षता, पिताम्बर लगायतका कुराहरु नरसिंहका प्रिय बस्तु मानिन्छ। सत्यकर्ममा लाग्ने उर्जा, लक्ष्यप्राप्तीको साहस अनि कर्तव्य प्रतिको निष्ठा सबैलाई प्राप्त होस् ।
ॐ नृम नृम नृम नर सिंहाय नमः ।
महिला ज्योतिष संघ स्थापना दिवस
समय आधुनिक हुँदै गए पनि मानिसहरूको परम्परागत विज्ञानप्रतिको चासो र विश्वास कहिल्यै घटेको छैन । शुभकार्यहरु जस्तै विवाह, व्रतबन्ध, गृह प्रवेश, नयाँ घरको जग हाल्दा वा ग्रह गोचरको लागि ज्योतिष परामर्श लिने नेपालीहरू पत्रपत्रिकाका राशिफल र रेडियो–टेलिभिजनमा आउने ज्योतिष कार्यक्रमहरूमा समेत निकै चासो राख्छन् । यसका साथै ज्योतिष विद्या पढेर मानिसहरूको यस्तो जिज्ञासा मेटाउने पेशेवर ज्योतिषहरू समग्र रूपमा रामै गरी स्थापित भइरहेका छन् । कतिपय ज्योतिषहरूको त आगामी ६ महिनासम्म भेट्न समय नपाउने अवस्था पनि छ । र यी कुराहरूसँगै ज्योतिषलाई पेसा बनाउने महिला पनि धेरै छन् । कीर्तिपुर सल्यान स्थानकी सुधा भटराई बासकोटा ज्योतिष पेसामा संलग्न हुनुहुन्छ । यस पेसामा लागेपछि समाजलाई थप नजिकबाट नियाल्न र जिवनजगतका कुराहरूलाई अनुसन्धान गर्दै आत्मसन्तुष्टि पनि बढेको वहाँको धारणा छ ।आफ्नो रुचि अनुसारको पेसा र सन्तोषजनक आम्दानी दुवै भएका कारणले बाँकी जीवन पनि यसै पेसामा अध्ययन गर्ने र सेवा गर्ने सुधाको धारणा छ । सुधाजस्ता नेपाल भरि धेरै महिला ज्योतिषहरू छन् र महिला ज्योतिषहरू को सङ्ख्या र सहभागिता दिनानुदिन बढ्दो छ । हरेक वर्ष वैशाख २८ मा यस सङ्घको स्थापना दिवस मनाइन्छ । वास्तवमा ज्योतिष पेसामा परापूर्व काल देखि नै महिलाहरूको सहभागिता र नेतृत्व असाध्यै कम भएको पाइन्छ । तर पछिल्ला समयमा ज्येतिषबिधामा महिलाहरूको नेतृत्व बढ्दो छ ।नेपालका महिला ज्योतिषहरू मिलेर आफ्नो हक अधिकार र सङ्गठनात्मक विकासलाई पैरवी गर्नका लागि राष्ट्रिय महिला ज्योतिष सङ्घको स्थापना गरेका छन् । हरेक वर्ष वैशाख २८ मा यस सङ्घको स्थापना दिवस मनाइन्छ । अहिले राष्ट्रिय महिला ज्योतिष सङ्घकी अध्यक्ष रतिदेवी जोशी श्रेष्ठ हुनुहुन्छ । विसं २०७९ साल पौष ९ गते राष्ट्रिय महिला ज्योतिष सङ्घको १२ औँ साधारण सभा काठमाडौँमा सम्पन्न भएको थियो । उक्त अवसरमा देश विदेशबाट दिग्गज ज्योतिषहरू र ज्योतिष शास्त्रका विज्ञहरू आउनुभएको थियो । नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत अहिले १४ आङ्गिक र पाँच सम्बन्धन प्राप्त गरी १९ विद्यापीठ छन् । यी विद्यापीठहरूमा संस्कृतसँगै अङ्ग्रेजी, गणित लगायत १७ विषयको पढाइ हुन्छ । पछिल्लो समय फलित ज्योतिष पढ्ने महिलाको सङ्ख्या बढेको र तीमध्ये धेरैले यसलाई व्यवसाय बनाएकोमा प्रसन्नता व्यक्त गरेका थिए । वाल्मीकिमा पढेकाहरू जर्मनी, अमेरिका लगायत विश्वका १६ देशका विश्वविद्यालयमा कार्यरत छन् ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले छिट्टै ज्योतिषी र पण्डितहरुको लागि लाइसेन्सको व्यवस्था गर्न लागेको जनाएको छ । पर्याप्त ज्ञानविना नै ज्योतिष र कर्मकाण्ड विधामा लाग्नेहरुका कारण यो क्षेत्रमा विकृति पैदा भएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रशिक्षण दिन लागेको हो । आशा छ नेपाल सरकारको यो निर्णयले समग्र ज्योतिषशास्त्रके नै सञ्चालन र बिस्तारमा थप सुशासन आउने छ । नेपालमा महिला ज्योतिषहरूलाई पेसागत सङ्गठनको स्थापनाका लागि अनेक शुभकामना ।