पर्यटन पूर्वाधारमा आठ करोड

Share to:

भुपेन्द्र वली/दाङ, बैशाख ०२,

मुलुकमा बैशाख घोराही उपमहानगरपालिका–१७, चौघेरास्थित प्राचीन एवं पुराताìिवक महìव बोकेको गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठमा धर्मशाला निर्माण हुँदै छ । पर्यटन प्रवर्धनमा सहयोग पु-याउने उद्देश्यले पर्यटन डिभिजन कार्यालय कोहलपुरमार्फत चौघेरामा करिब पाँच करोडको लागतमा सुविधासम्पन्न सभा हलसहित ३० कोठे तीनतले धर्मशाला निर्माण गत वर्षदेखि सुरु भएको हो । गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठको विकासका लागि आर्थिक वर्ष २०७९/८० मा बनेको गुरुयोजना अनुसार धर्मशालासँगै योगी नरहरीनाथ अध्ययन केन्द्र, गौशाला, समाधिस्थल, पार्क, डिपबोरिङलगायतका संरचना निर्माण हुने छन् ।
बहुवर्षीय योजना अन्तर्गत निर्माण हुन थालेको धर्मशालाको गत वर्ष ३० लाख रुपियाँबाट फाउन्डेसन र पिल्लर राख्ने काम गरिएको पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेले जनाएको छ । धर्मशाला निर्माण भएपछि गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठमा पूजापाठ तथा ऐतिहासिक पक्षको अध्ययन गर्न आउने भक्तजनसँगै साधुसन्तहरूलाई सहजता हुने छ । त्यसै गरी थारू जातिको मौलिक कला र संस्कृतिको संरक्षणसँगै बजार प्रवर्धन गर्ने उद्देश्यले घोराहीको सौरीमा ‘ठाँटीघर’ निर्माण हुने भएको छ । ठाँटीघर निर्माणका लागि ठेक्का खोल्ने तयारी भइरहेको पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेका निमित्त कार्यालय प्रमुख टङ्कनाथ खनालले बताउनुभयो । बहुवर्षीय योजना अन्तर्गत करिब ३० लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ । पर्यटन प्रवर्धनका लागि चालु आवमा यी योजनामा करिब आठ करोड रुपियाँ बजेट रहेको कार्यालय प्रमुख खनालले जानकारी दिनुभयो । ६१ वटा योजनामध्ये आधाभन्दा धेरै योजनामा काम भइरहे पनि कतिपय योजना न्यून बजेट, निर्माणका व्रmममा विवादलगायतका कारण रोकिएका छन् । पर्यटन प्रवर्धनका लागि जिल्लामा पूर्वाधारलगायतका ६१ वटा योजना रहेको पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेका निमित्त कार्यालय प्रमुख खनालले बताउनुभयो । जस अन्तर्गत घोराही उपमहानगरपालिका–१८, घोरदौरामा नाचघर, घोराही उपमहानगरपालिका–१३, बाह्रकुने दहको स्तरवृद्धि, पाण्डवेश्वर धार्मिक धाममा पार्क निर्माण र पोखरीलगायत मन्दिर, उद्यान, नाँचघर, ठाँटीघर, सङ्ग्रहालय, बोटानिकल पार्कलगायतका साना ठुला योजना रहेका छन् । बजेट विनियोजन भएका योजनाको निर्माणको काम भइरहेको भन्दै कार्यालय प्रमुख खनालले भन्नुभयो, “दाङमा धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय महìव बोकेका ठाउँको विकासका लागि काम भइरहेका छन् ।” उक्त बजेटमध्ये करिब ४५ प्रतिशत खर्च भएको छ । जिल्लामा बाह्रकुने दहको विकास, घोरदौरामा नाचघर निर्माण, बोटानिकल पार्क निर्माणलगायतका योजना महìवपूर्ण र पुराना भए पनि विवादका कारण काम अघि बढ्न सकेका छैनन् । जिल्लाको पर्यटन विकासका लागि महìवपूर्ण भूमिका खेल्ने ठुलो लगानीका योजना अघि बढ्न नसक्दा स्थानीयमा योजना कार्यान्वयनमा अलपत्र पर्ने हुन् कि भन्ने आशङ्का उत्पन्न भएका छ ।

Like