सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले गरे १८२औं पटक रक्तदान
रासंसा/स्याङ्जा, चैत्र २८,
मुलुकमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले आफ्नो नियमित रक्तदान कार्यलाई आज स्याङ्जा जिल्ला अस्पताल,पुतलीबजारमा १८२औं पटकाे रक्तदान गर्नुभएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला शाखाका सचिव बिशाल अर्यालद्वारा सहजिकरण गर्नुभएको उक्त कार्यक्रममा रक्त सञ्चार सेवाका प्रमुख साजन सापकोटाकाे आतिथ्यता एवं प्रबिधिक सहयोग रहेकाे थियो।
नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला शाखाकाे विशेष संयाेजनमा आयाेजित साे कार्यक्रमकाे सभाध्यक्ष नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारीले गर्नुभएको साे कार्यक्रममा विशेष राईद्वारा छैटाैं पटक रक्तदान गर्नुभएको थियोे ।
Like