देवघाटधाम संरक्षण प्रतिष्ठानको आठौं साधारणसभा फाल्गुण २७ गते हुने
बिरेन्द्रकुमार श्रेष्ठ/फाल्गुण २४,
मुलुकमा देवघाटधाम संरक्षण प्रतिष्ठानको यहि फाल्गुण २७ गते आठौं साधारणसभा भरतपुर महानगरपालिका वडा नं. २ स्थित देवघाटमा हुने भएको छ । देवघाटको वैदिक हरिकिर्तन धर्मशालाको सभाहलमा हुने सो साधारण सभामा बागमति प्रदेश बन मन्त्री कृष्ण प्रसाद सिलवाल प्रमुख अतिथी हुनुहुने र विशेष अतिथी भरतपुर महानगरप्रमुख रेणु दाहाल तथा उपप्रमुख चित्रसेन अधिकारी हुने प्रतिष्ठानका अध्यक्ष ढुन्डिराज सिलवालले जानकारी दिनुभयो । प्रतिष्ठानको यहि फाल्गुण १७ गते बसेको कार्यसमितिको बैठकको निर्णय अनुसार आठौं साधारणसभा सम्पन्न गर्न विभिन्न उपसमिति गठन गर्नुकासाथै सो अवसरमा प्रतिष्ठित ब्यक्तित्व तथा आजिवन सदस्यहरुलाई सम्मान पत्र एवं आजिवन सदस्यता प्रमाणपत्र वितरण गर्ने रहेको छ । साधारणसभाका प्रस्तावहरु पारित गर्नुकासाथै अध्यक्षज्युको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्षज्युको आर्थिक प्रतिवेदन अनुमोदन गर्ने सम्बन्धमा छलफल गरि सर्वसम्मत पारितका लागि पेश गर्ने भनी बैठकमा पारित गरिएको अध्यक्ष ढुन्डिराज सिलवालले बताउनु भौओ ।
