अध्यादेश मुलुकको आर्थिक चलायमान र विकासका लागि ल्याइएको हो – सञ्चार मन्त्री गुरुङ

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण ७,

मुलुकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको हित र मुलुकको समृद्धिको ख्याल गरी अध्यादेश ल्याइएको त्यसको विरोध गर्नुको औचित्य नरहेको बताएका छन् । मन्त्री गुरुङले मुलुकको अर्थतन्त्रलाई चलायमान गर्न, सहकारी र सुकुम्वासी सम्बन्धी समस्या अन्त्य गर्ने उद्देश्य बोकेको अध्यादेश भित्रका विषयवस्तुमा कसैको पनि फरक मत नरहेको बताए । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले क्रान्ति, जनआन्दोलन, व्यवस्था र प्रणाली फेरिएपनि पुराना कानुन र नीति परिवर्तन नहुँदा जुनसुकै सरकारले पनि लक्ष्य अनुसार नतिजा दिन नसकेको उनको तर्क थियो । राष्ट्रिय समाचार समिति(रासस) को ६४ औँ वार्षिकोत्सव कार्यक्रममा आज बोल्दै मन्त्री गुरुङले जनताको सेवा गर्न, विकासमा स्थायित्व गतिशीलता ल्याउन, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्नु अहिलेको सरकारको प्राथमिकताको विषय रहेको बताए । सरकारका सबै संघसंस्था पूर्ण लोकतान्त्रीक र समावेशी कायम गर्ने विषयमा हेक्का राख्न सुझाव दिर्दै मन्त्री गुरुङले प्रजातन्त्रमा प्रतिस्प्रर्धा र आलोपालो हुनु पर्नेमा त्यो नभईदिदा लोकतन्त्र ट्रयापमा परेको होकि भन्ने कोणबाट टीकाटिप्पणी गरेको बताए । मन्त्री गुरुङका अनुसार सरकारी मातहतका सञ्चार माध्यमहरु जनताको सूचना सेवाप्रति उत्तरदायी हुनुपर्ने बताउँदै राससले उक्त भूमिका प्रभावकारी ढंगले निवार्ह गर्दै आएको छ । प्रदेश सरकार, पालिका, समग्र प्रहरी प्रशासन हाँक्ने व्यक्तिको शैली र आचरणमा शुद्धता आवश्यक रहेको बताउँदै उहाँले पुराना संरचनालाई नयाँ व्यवस्था अनुरुप लोकतान्त्रीक बनाउदै लैजानु पर्ने आजको आवश्यकता भएको औँल्याए । “हामीले नीति र व्यवस्थामा क्रान्ति ल्याउन नसक्दा मुलुकले सोचे अनुकुल उपलब्धि हासिल गर्न सकेन”, मन्त्री गुरुङले भने, “अहिले हामी आवश्यक नीति रुपान्तरणमा जोड दिएका छौँ ।” विगतमा लोकतन्त्रमाथि खिचातानी भइरहेको हुँदा लोकतन्त्र ट्रयापमा पर्दै आएको बताउँदै त्यहि ट्रयापबाट लोकतन्त्र बचाउन दुई ठुला राजनीतिक दल( नेपाली कांग्रेस र नेकपा एमाले) गठवन्धन गर्नु परेको बताए । त्यस्तै मन्त्री गुरुङले सरकारी सञ्चार माध्यमलाई व्यवस्थित र समयानुकूल बनाउन मन्त्रालय सधैँ सकारात्मक रहेको बताए । मन्त्री गुरुङले राससले दीर्घकालीन महत्वका कार्यहरुको थालनी गर्दै आएको बताउँदै रासस चौविस घन्टामा लगिएको, रासस मिडिया संग्रालय सुरु गरिएको, समावेशी भाषामा सेवा विस्तार गरिएको, रासस मिडिया संग्राहलय समाचार बुलेटिन कक्ष सर्वसाधारणका लागि खुला गरिनुले समाचार सेवामा योगदान पुराएको बताए ।

Like