शिवरात्रिका लागि पशुपतिनाथ सजिँदै

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण, ३,

मुलुकमा शिवरात्रिको तयारीअन्तर्गत पशुपतिनाथ मन्दिर परिसरमा रंगरोगनसहितका कामहरु धमाधम अगाडि बढाइएको छ। शिवरात्रिका लागि छिमेकी राष्ट्र भारत र नेपालकै विभिन्न जिल्ला तथा धामबाट साधु सन्तहरु पशुपति आउने क्रम सुरु भएको छ। शिवरात्रिमा पशुपति आउने साधु सन्तहरुलाई दक्षिणासहित बिदा गर्ने चलन छ। पशुपतिको मूल मन्दिरसहित परिसरमा सरसफाइ सकेर रंगरोगनको काम भइरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। यस वर्ष शिवरात्रि फागुन १४ गते परेको छ। पशुपति क्षेत्रका मन्दिर र मठहरुमा सरसफाइ गरेर रंगरोगन गर्न थालिएको छ। यस्तै, बिजुलीबाट बल्ने झिलिमिली बत्तीहरुले पनि सजाउन थालिएको छ। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा मनाइने महाशिवरात्रि पर्वमा आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरिन्छ।

Like