८१ वर्षको उमेरमा ‘स्टुडियो’ मा आफ्नै स्वरमा सन्देशमूलक गीत ‘रेकर्ड’
हरिमन्जुश्री/काभ्रेपलान्चोक, माघ २२,
मुलुकमा शब्दयात्रा प्रकाशनका आजीवन सदस्य तथा आध्यात्मिक लेखक केदारनाथ तिमल्सिनाले ८१ वर्षको उमेरमा ‘स्टुडियो’ मा गएर आफ्नै स्वरमा सन्देशमूलक गीत ‘रेकर्ड’ गराउनुभएको छ । समाजलाई सकारात्मक दिशातिर लैजान सकियोस् भन्ने उद्देश्यले उहाँले नै त्यो सन्देशमूलक गीत लेख्नुभएको हो । उमेरले ६०–६५ वर्ष पुग्दानपुग्दै बुढ्यौली लाग्यो भनेर नातिनातिना खेलाएर घरैमा बस्ने, घरका मान्छेसँग गनगन गर्ने, तास खेलेर दिन बिताउने र मैले यस्तो काम गरेको थिएँ भनेर फोस्रो धाक लगाउनेहरूले उहाँको यस्तो व्यवहारबाट केही पाठ सिक्न सक्छन् । यस्तो जोश–जाँगर र अनुकरणीय कार्यका लागि केदारनाथ तिमल्सिनामा हार्दिक बधाई ज्ञापन शब्दयात्रा प्रकाशन गर्दछ ।
Like