अन्य थपदेशप्रदेश-३ [बागमती]मनोरञ्जनमुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

गायन रियालिटी शो ‘सिङ्गिङ स्टार नेपाल सिजन १’ प्रसारणमा आउँदै

Share to:

रासंसा/काठमाण्डौ, माघ ५,

मुलुकमा ‘रील्स इन्टरटेन्मेन्ट’ को प्रस्तुति ‘सिङ्गिङ स्टार नेपाल सिजन १’ आज शनिबारबाट प्रसारणमा आउने भएको छ । मौलिक नेपाली शो बताइएको यो शो प्रत्येक शनिवार र आइतबार राति ९: ०० बजे प्राइमटाइम्स एचडी टिभीबाट हेर्न सकिनेछ। ‘सिङ्गिङ स्टार नेपाल’ को उद्देश्य नेपाली संगीतप्रेमी दर्शकलाई मनोरञ्जन मात्र होइन, नेपाली सङ्गीत क्षेत्रका लागि नयाँ प्रतिभाशाली गायकरगायिका खोज्ने पनि हो। निर्देशक प्रमोद भण्डारीका अनुसार यो शोले नेपाली सङ्गीतको मौलिकता झल्काउने छ र दर्शकलाई भरपुर मनोरञ्जन दिनेछ। ‘सिङ्गिङ स्टार नेपाल’ को उद्देश्य नेपाली संगीतप्रेमी दर्शकलाई मनोरञ्जन मात्र होइन, नेपाली सङ्गीत क्षेत्रका लागि नयाँ प्रतिभाशाली गायकरगायिका खोज्ने पनि हो। निर्देशक प्रमोद भण्डारीका अनुसार यो शोले नेपाली सङ्गीतको मौलिकता झल्काउने छ र दर्शकलाई भरपुर मनोरञ्जन दिनेछ। कार्यक्रमको प्रोजेक्ट हेड र निर्देशक प्रमोद कुमार भण्डारी हुन् भने निर्माता टोलीमा शिखर गौतम, बुद्धि प्रसाद ढुंगाना, र नभराज चौलागाईं छन्। यस सिजनका जजहरूमा डा त्रिशला गुरुङ, अर्जुन पोखरेल, र सनुप पौडेल रहेका छन्। कार्यक्रमको सञ्चालन नम्रता श्रेष्ठ र विशाल पोखरेलले गर्नेछन्। कार्यक्रमको बजार व्यवस्थापन तपस्या क्रिएसन ले गरेको छ। ‘सिङ्गिङ स्टार नेपाल’ ले नेपाली सङ्गीत क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

Like