काठमाडौं भ्युटावरको नक्सा प्रक्रिया रोक्का, छानबिन गर्दै महानगर

Share to:

रासंसा/काठमाण्डौ, पौष २९,

मुलुकमा पुरानो बसपार्कस्थित काठमाडौं भ्यु टावर निर्माणको नक्सा पास प्रक्रिया हालका लागि निष्क्रिय बनाइएको छ। महानगरपालिकाले छानबिन समिति गठन गरी भवन निर्माणको नक्सा पास सम्बन्धमा अध्ययन गरिरहेको जानकारी दिएको हो। समितिको प्रतिवेदन प्राप्त भई निर्णय नआएसम्मका लागि नक्सा पास प्रक्रिया रोकिएको सूचनामा उल्लेख गरिएको छ। काठमाडौं महानगरपालिका र जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालिबीच २०७१ सालमा सम्झौता भएको यो परियोजनाबारे छानबिन प्रक्रिया जारी रहेको महानगरले जनाएको छ। २०७१ साल फागुन २२ गते भएको सम्झौता अनुसार काठमाडौं महानगरपालिका वडा नं-२८ मा भ्यु टावर निर्माणको कार्य अघि बढाइएको थियो। तर, निर्माण प्रक्रिया र नक्सा पासको वैधानिकता विषयमा प्रश्न उठेपछि महानगरपालिकाले छानबिन प्रक्रिया अघि बढाएको हो। काठमाडौं भ्युटावरको निर्माण कार्य सुरु भएदेखि नै यो परियोजना विवादमा छ। हाल नक्सा पास रोकिएको निर्णयसँगै यो परियोजना अझै अनिश्चित बनेको छ।

Like