६१ वर्ष कैद सजाय तोकिएका सोमई १३ वर्ष पछि पक्राउ
रासंसा/कपिलवस्तु, पौष २५,
मुलुकमा विभिन्न ५ वटा आपराधिक मुद्दामा अदालतबाट सजाय तोकिए पछि फरार रहँदै आएका सोमई भन्ने प्रकाश कहार पक्राउ परेका छन्। प्रहरी नायब उपरीक्षक मोहनमणी अधिकारीका अनुसार अदालते २०६८ सालमा सोमाईलाई मान्छे मारेको तीन ओटा, एक डाका र एक चोरीको मुद्दामा गरी ६१ बर्ष कैद कैद सजाय तोकेको थियो । यस्तै ३ लाख ५२ हजार ७७८ रुपैयाँ जरिवाना समेत तोकिएको थियो । विभिन्न ५ मुद्दामा सजाय तोकिएका कृष्णनगर नगरपालिका–१ गुर्चीहवाका ५७ वर्षीय सोमई भन्ने प्रकाश कहारलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो। सोमईलाई प्रहरीले लामो समय देखि खोजतलास गर्ने क्रममा कृष्णनगर नगरपालिका वडा नम्बर १ बजारबाट पक्राउ गरिएको अधिकारीले बताए । तत्कालीन समयमा सोमईको नामले समेत मानिसहरू डराउने गर्थे । मुद्दा लागे पछि उनी फरार रहँदै आएका थिए । सोमईलाई बुधबार नै कारागार चलान गरिएको छ ।