राष्ट्र संरक्षण डट कमका अध्यक्ष नेपाल ताराबाट अभिनन्दित
अनिल पाण्डे/काठमाण्डौ, पौष २३,
मुलुकमा यस राष्ट्र संरक्षण डट कमका अध्यक्ष तथा राष्ट्र संरक्षण साप्ताहिकका सम्पादक/प्रकाशक एवं स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघका सदस्य, वरिष्ठ समाजसेवी तथा संचारकर्मी, साहित्यकार सहप्राध्यापक डा. के. बि. सम्राट नेपाल तारा उपाधीकासाथ अभिनन्दित हुनुभएको छ । उहाँले गर्नुभएको परोपकारी कार्य संचार क्षेत्रबाट विश्वमै सबैभन्दा बढि १२० औं पटक नियमित रक्तदान गरि अत्यन्तै गरिमामय कार्य गर्नुकासाथै दिनमा ३ जनादेखि १५ जना अस्वस्थ्य ब्यक्तित्वहरुलाई आवश्यक रगत उपलब्ध गराई बचाउने कार्यको प्रोत्साहन गर्दै राष्ट्रिय ज्योतिष विज्ञान संजिवनी यज्ञशाला गरिमामय संस्थाले पुरस्कारसहित स्वर्णपत्रबाट पुरस्कारसहित नेपाल तारा उपाधिद्वारा अभिनन्दन गरेको हो । योग ध्यान प्रशिक्षण कार्यक्रम तथा अभिनन्दन समारोहमा संस्थाका अध्यक्ष ज्योतिष विज्ञ तिलक राज पौडेलको सभापतित्व थियो भने स्वामी सच्चिदानन्द विशुद्धदेवका शिष्य स्वामी महात्मा सुशिलको प्रमुख आतिथ्यता थियो । त्रीदिवशिय योगध्यान शिविर कार्यक्रमका प्रशिक्षक स्वामी सच्चिदानन्द विशुद्धदेवका शिष्य अनन्तरा श्री विभूषित परमहंस स्वामी कल्याणमित्र महाराजले प्रशिक्षण गर्नुभएको थियो । अभिनन्दन समारोहमा विशेष अतिथीमा गुरु वशिष्ठ धर्मपाल महाराजको उपस्थिति थियो । अतिथिहरुमा पशुपति अन्नपुर्णा आश्रमकी कार्यकारी सदस्य एवं धार्मिक समिती संरक्षक माता भद्रकाली, भागवतचार्य इन्दिराज पौडेल, पण्डित बासुदेव पाण्डे, चरीत्र निर्माण संघ नेपालका द्वय उपाध्यक्ष हिक्मत सिंह, महासचिव रमेश नकर्मी, योगाचार्य ऋषि लोहनी, भारतीय स्वामी आनन्द, विश्व शान्ति ध्यान केन्द्रकी कार्यकारी सदस्य कुसुम रेग्मी, राजेन्द्र न्यौपाने, आत्मा स्वामी माधव अधिकारीको आतिथ्यता थियो । समारोहमा योगध्यान प्रशिक्षार्थीहरुलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । नेपालको संचार जगतकै अत्यन्तै महत्वपुर्ण गौरवित कार्यक्रममा मन्चमा आसिन प्रमुख अतिथी, विशेष अतिथी, अतिथिगणहरुले आ-आफ्नो शुभकामना व्यक्त गरेका थिए । अभिनन्दन समारोहका सभापति एवं राष्ट्रिय ज्योतिष विज्ञान संजीवनी यज्ञशालाका केन्द्रीय अध्यक्ष ज्योतिष तिलकराज पौडेलले अभिनन्दित सहप्राध्यापक के. बि. सम्राटको विषयमा प्रसंसा गर्दै परोकारार सेवाभन्दा अर्को सेवा कुनै नरहेको बताउदै कार्यक्रम समापन गर्नुभएको थियो ।