नि:शुल्क रगत वितरणको माग साकार

Share to:

रासंसा/कैलाली, पौष २२

मुलुकमा गत भाद्र ११ गतेका दिन नेपाल स्वयंसेवी रक्तदाता समाजका राष्ट्रिय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यज्यूले सुदुरपश्चिम सरकारका मुख्यमन्त्रीलाई रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरू पीडित(बिरामी)हरूलाई नि:शुल्क बितरणकाे लागि गर्नुभएको माग साकार भएको छ ।
रगत र रक्त-तत्वहरूलाई सुदुरपश्चिम सरकारले आफ्ना नागरिकहरूलाई नि:शुल्क बितरणकाे व्यवस्था गरेर स्वागत योग्य निर्णय गरेको छ । देशभित्र रहेकाे सात प्रदेश मध्ये चार प्रदेश(बागमती, गण्डकी,लुम्बिनी र सुदूरपश्चिम) सरकारले हाम्रो मागलाई सम्बाेधन गरेर स्वयंसेवी रक्तदाताहरूकाे रगतलाई उच्च सम्मान गरि धन्यबादका पात्र बन्न सफल हुनु भएको छ भने बाँकी प्रदेश सरकारको चेत कहिले खुल्ने होला ? याे जिज्ञासाकाे बिषय बनेकाे छ ।

Like