अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

‘संविधान, संघीयता र लोकतन्त्र रक्षाका लागि सहकार्य अपरिहार्य’

Share to:

रासंसा/काठमाण्डौ, पौष १९,

मुलुकमा तराई–मधेशकेन्द्रित दलहरुबीच सहकार्यका लागि हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले गठन गरेको वार्ता टोलीले विभिन्न दलहरुसँग वार्ता र सम्वादलाई तीव्र पारेको छ । त्यस्तै, बिहीबार नै लोसपाका अध्यक्ष महन्थ ठाकुरसँगपनि वार्ता भएको हो ।
सबै दलका नेताहरु सहकार्यका लागि सहमत रहेको बताइएको छ । संविधान, संघीयता र लोकतन्त्रको रक्षाका लागि सबै मधेशी दलहरु एक ठाउँमा आउनै पर्ने सबै साझा धारणा रहेको मिश्रले जानकारी दिए । जप्रपाका वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादवको संयोजकत्वमा गठन भएको वार्ता टोलीले बिहीबार महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतोले हालै गठन गरेको राष्ट्रिय मुक्ति पार्टी नेपालसँग वार्ता गरेको हो । अशोक राईको जसपाले राजेन्द्र श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय वार्ता टोलीसमेत गठन गरिसकेको छ । सो वार्ता टोलीसँग जप्रपाका वार्ता टोलीले सम्वाद गरेको हो । जप्रपाका वार्ता टोली सदस्य ईश्वरदयाल मिश्रका अनुसार जसपा सहकार्य प्रस्तावप्रति सकारात्मक रहेको छ । यसैगरी, जप्रपाको वार्ता टोलीले राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोसहितका नेताहरुसँग वार्ता गरेको छ । राजेन्द्र महतोको पार्टी पनि सहकार्यका लागि सहमति जनाइएको मिश्रले बताए । देशको वर्तमान परिस्थिति निरन्तर जटिलता तर्फ उन्मुख भएको हुँदा, बिग्रिदो अर्थतन्त्र झन् गिर्दो तथा आशावाद खस्किँदो, नैराश्यता बढदो अवस्थामा, ग्रामीण जनजीवन आक्रान्त, जनतामा आशावादीको खाँचो महसुस भएकोले राजनीतिक दलहरूबीच सहकार्यको आवश्यकता महसुस गर्दै जनता प्रगतिशील पार्टीले तीन सदस्यीय वार्ता टोली गरी वार्ता र सम्वादलाई तीव्रता दिएको हो ।

Like