अध्यक्ष दाहालको भनाई सुशासनका विरोधीहरुले सरकारमा बस्न दिएनन्

Share to:

रासंसा/कैलाली, पौष १३,

मुलुकमा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सुशासनका विरोधीहरुले सरकारमा बस्न नदिएको बताएका छन् । ‘सुशासनका विरोधी, भ्रष्टाचारका पक्षधरहरुले सरकारमा बस्न दिएनन्,’ उनले भने । उनले आफ्नो सरकारले थालेको भ्रष्टाचारका विरुद्धको अभियानबाट भयभीत र आतंकित भएकाहरुले सरकारबाट हटाएको दाबी गरे । माओवादी केन्द्रद्वारा कञ्चनपुरको पुनर्वासमा शनिबार आयोजित खबरदारीसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने ‘भ्रष्टाचारको पक्षको यो सरकारले यति धेरै भ्रष्टाचारको पक्षमा काम गरेको छ । तर हामी सरकारमा आयो भने गिरीबन्धुको फाइल खुल्ने छ, लुकाउन दिइने छैन,’ उनले भने ‘ओम्नीमा भएको भ्रष्टाचार छोडिने छैन । वाइडबडीमा भएको भ्रष्टाचार छोडिने छैन ।’ सुदूरपश्चिममा थालनी भएका अधिकांश विकासका ठूला परियोजना आफैले सुरु गरेको दाबी गरेका उनले प्रधानमन्त्री भएका बेला आफूले भारत भ्रमणका क्रममा कञ्चनपुरलगायत सीमानाको समस्या समाधानका लागि भारतीय प्रधानमन्त्रीसँग खुलेर कुरा गरेको पनि दाबी गरे । ‘इतिहासमा पहिलोपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा समस्याका बारेमा बोल्नुभएको थियो,’ उनले भने ।

Like