पोखरालाई दियो विराटनगरले १४० रनको लक्ष्य
रासंसा/काठमाण्डौ, मार्ग २७,
मुलुकमा नेपाल प्रिमियर लिग (एनपीएल)को एघारौं दिनको पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।
विराटनगरले पावरप्लेमा २ विकेट गुमाउँदै ३४ रन बनाएको छ। विराटनगरले पहिलो विकेटका रुपमा ओपनर मार्टिन गप्टिललाई ५ रनमा गुमायो। उनलाई पोखराका बायाँ हाते अर्थोडक्स सागर ढकालले ४.३ ओभरमा आउट गरे। अर्का ओपनर लोकेश बमलाई रेमोन रेफरलाई कट एण्ड बोल्ड गरे। उनी पावर प्लेकोअन्तिम बलमा आउट भएका हुन्। उनले १६ बलमा २ चौका र २ छक्का सहित २६ रन बनाए। विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३९ रन बनाएको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरका लागि स्कट इड्वार्डले सर्वाधिक ४५ रन बनाए। उनले ३५ बलमा ५चौका प्रहार गरे। ७.१ ओभरमा नरेन भट्ट ४ रन बनाउँदै दिनेश खरेलको बलमा सागर ढकालबाट क्याच भए। विराटनगरले १० ओभरमा ३ विकेट गुमाउँदै ६१ रन बनाएको हो। पोखरा एभेन्जर्सका लागि सागर ढकाल र रेमोन रेफरले २/२ विकेट लिए। दिनेश खरेलले १ विकेट लिए। यी दुवै टिमको यो पाँचौं खेल हो। दुवै टिमले १/१ खेल जितेका छन्। तर रन रेटका आधारमा पोखरा विराटनगरभन्दा अगाडि छ। यी दुवैले लुम्बिनी लायन्सलाई जितेको हो। चौथो विकेट विराटनगरका निकोलस क्रिटोनको विकेट गयो। उनले १६ बलमा १ छक्कासहित १९ रन बनाए। उनले चौथो विकेटका लागि स्कट इड्वार्डसँग ४३ रनको साझेदारी गरे। क्रिस सोल ७ रन र दिपक बोहोरा ४ रनमा आउट भए। वसिर अहमद २० बलमा १ चौकासहित २१ रन र प्रतिश जिसी १ बलमा १ चौकासहित ४ रनमा अविजित रहे। विराटनगरले पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेट, दोस्रो खेलमा सुदुरपश्चिम रोयल्ससँग ९० रनले पराजित भएको विराटनगरले तेस्रो खेलमा लुम्बिनीलाई २ विकेटले हराएको हो। चौथो खेलमा कर्णालीसँग ७ रनले पराजित भएको हो। पोखराले पहिलो खेलमा चितवन राइनोजसँग ८७ रन, जनकपुरसँग ७ विकेटले हारेको पोखराले तेस्रो खेलमा लुम्बिनीलाई १० विकेटले हराएको हो। चौथो खेलमा कर्णालीसँग ७ विकेटले पराजित भएको थियो।