आयोगले उपनिर्वाचन हुने स्थानीय तहलाई दिएका ८ निर्देशन

Share to:

रासंसा/काठमाण्डौ, मार्ग ०२,

मुलुकमा निर्वाचन आयोगले मंसिर १६ गते उपनिर्वाचन हुने स्थानीय तहलाई ८ बुँदे निर्देशन दिएको छ । आयोगले सोमबार मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्नका लागि उपनिर्वाचन हुने सबै स्थानीय तहहरूलाई ८ बुँदे निर्देशन दिएको हो । यस्तै आयोगको निर्देशनमा आयोगबाट लागू भएको आचारसंहिताको पालना गरी उपनिर्वाचन सम्पन्न नभएसम्म सम्बन्धित स्थानीय तहहरूले उपभोक्ता समिति गठन, नयाँ योजना सञ्चालन, उद्घाटन लगायतका कार्यहरू नगर्ने÷नगराउने व्यवस्था मिलाएको उल्लेख गरिएको छ । आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जारी गरेको विज्ञप्तिमा राजनीतिक दल तथा उम्मेदवारहरूले कुनै पनि सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति प्रयोग वा अतिक्रमण वा दुरुपयोग वा क्षति पुर्‍याउने गरी कुनै काम गर्न/गराउन नपाउने उल्लेख गरिएको छ । स्थानीय तहको स्वामित्व रहेको निकाय, सामुदायिक विद्यालयको जग्गा, भवन, फर्निचर वा परिवहनको साधन अन्य भौतिक साधन प्रयोग गर्न पूर्णरूपमा रोक लगाउन आयोगले निर्देशन दिएको छ ।

Like