महाकुम्भ महोत्सव कार्यालय समुद्घाटन
रासंसा/चितवन, मार्ग ०१,
मुलुकमा कुम्भ मेला विभिन्न स्थानहरूमा लगाउने होडबाजी भएकै समयमा देवघाट विकास केन्द्र नेपालले आज एक समारोहविच भरतपुर महानगर पालिका वडा नं. १ स्थित देवघाट संकिर्तन धर्मशालामा महाकुम्भ कार्यालय समुद्घाटन भयो । समुद्घाटन कार्यक्रम देवघाट विकास केन्द्र नेपालको १२ औं साधारणसभा तथा छैठौं अधिवेशनको पावन अवसरमा भरतपुर नगरपालिका वडा नं. १ का वडा पिता वडाध्यक्ष केशव महर्जनको प्रमुख अतिथी एव संस्थाका अध्यक्ष डा. नारायणाचार्य देवबाबाको सभापतित्वमा महाकुम्भ कार्यालय समुद्घाटन भएको थियो । कार्यक्रममा धर्मपाल गुरु वशिष्ठ महाराज, पशुपति अन्नपुर्णा आश्रमका धार्मिक समिती संरक्षक माता भद्रकाली, स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष एवं राष्ट्र संरक्षण साप्ताहिकका सम्पादक तथा सेभ द नेशन टेलिभिजनका सन्चालक सह प्राध्यापक डा. के. बि. सम्राट, विदुषी श्रीमद्भागवत वाचिका तारा घिमिरेको विशेष आतिथ्यता थियो । यस्तै अतिथिहरुमा संस्थाका प्रमुख सल्लाहकार एवं वरिष्ठ समाजसेवी टंकनाथ पौडेल राष्ट्र सेविका नेपालकि सन्चालिका प्रमुख सुभद्रा पौडेललगायत विशिष्ट ब्यक्तित्वहरुको आतिथ्यता थियो । कार्यक्रममा संस्थाका आजिवन सदस्यहरुलाई सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो भने उपस्थित प्रमुख अतिथी, विशेष अतिथि र अतिथी गणहरुले आ-आफ्नो मन्तब्यकासाथ शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति डा. नारायणाचार्यले कार्यक्रममाथी प्रकाश पार्नुभएको थियो भने कार्यक्रम संस्थाका सचिव केशव प्रसाद संजेलले सन्चालन गर्नुभएको थियो । कार्यक्रमको दोस्रो सेसनमा वरिष्ठ समाजदेवी एवं संस्थाका सल्लाहकार टंक पौडेलको संयोजकत्वमा
डा. नारायणाचार्य देवबाबाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । सो चयन गरिएको कार्यसमितिहरुमा उपाध्यक्ष सहप्राध्यापक डा. के. बि. सम्राट, सचिवमा केशव संजेल, सहसचिवमा झलकराज पौडेल सर्वसम्मत निर्वाचित भएका छनभने सदस्यहरुमा शान्त प्रसाद पोखरेल, श्याम जी, निर्वाचित भएका छन् । बांकी अन्य सदस्य तथा कोषाध्यक्ष पदका लागि कार्यसमितिको पहिलो बैठकबाट चयन हुने संयोजक टंकनाथ पौडेलले जानकारी दिनुभयो । यस्तै संरक्षक पदमा टन्कनाथ पौडेल, धर्मपाल गुरु वशिष्ठलायतका विशिष्ट ब्यक्तित्वहरुलाई चयन गरिएको छ भने गत भाद्र २९ गते प्रस्ताव पेस गरिएको अध्यक्षको प्रतिवेदन र कोषाध्यक्षको प्रवेदन अनुमोदन गरि उपस्थित सबैबाट समर्थन गरिएको थियो ।
