सर्वाधिक कमाउने ‘इन्फ्लुएन्सर्स’, सन् २०२४ मा ११ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्दै मिस्टर बिस्टको पहिलो स्थानमा ह्याट्रिक
एजेन्सी,
सामाजिक सञ्जालमार्फत सर्वाधिक आम्दानी गर्ने शीर्ष ५० इन्फ्लुएन्सर (प्रभावशाली व्यक्ति) हरूको सूची सार्वजनिक भएको छ । अनलाइनमा आधारित रही काम गरिरहेका हजारौं व्यक्तिका अपेक्षित कुल आम्दानी, फलोअर संख्या, इन्गेजमेन्ट दर र उद्यमशीलताका लागि गरिएका प्रयासलगायत विवरणको विश्लेषणका आधारतमा फोर्ब्स म्यागाजिनले यो सूची सार्वजनिक गरेको हो । फोर्ब्सका अनुसार मिस्टर बिस्टले सन् २०२४ मा ८५ मिलियन डलर (करिब ११ अर्ब ४७ लाख रुपैयाँ) आम्दानी गरेका थिए । विभिन्न सामाजिक सञ्जाल प्लाटफर्ममा गरेर उनका ५० करोडभन्दा धेरै फलोअर्स छन् । उनी सामाजिक सञ्जालमा सबैभन्दा धेरै फलोअर भएका व्यक्ती पनि हुन् । मिस्टर बिस्टको मुख्य युट्युब च्यानललाई मात्रै ३२ करोडभन्दा धेरैले सब्स्क्राइब गरेका छन् भने गत वर्ष उनका भिडियोहरूको कुल भ्युज ९ अर्ब नाघेको थियो । यस सूचीमा डिक्सी र उनकी बहिनी चार्ली डिमेलियोजस्ता कन्टेन्ट क्रिएटर, कमेडियन म्याट राइफ, युट्युबर जेक पल, मेकअप गुरु मिकेला नुगेरा, पडकास्ट होस्ट एलेक्स कुपर, टिकटकर खाबी लेमलगायत शीर्ष स्थानमा छन् । कन्टेन्ट क्रिएटरहरूको शीर्ष पंक्तिमा भने पछिल्लो तीन वर्षदेखि लगातार एउटै नाम दोहोरिरहेको छ– मिस्टर बिस्ट । सामाजिक सञ्जालको दुनियाँमा मिस्टर बिस्ट भनेर चिनिने जिम्मी डोनाल्डसन यसपटक पनि सबैभन्दा धेरै फलोअरसहित उल्लेख्य आम्दानी गर्ने इन्फ्लुएन्सरका रूपमा पहिलो नम्बरमा देखिएका छन् । आफूलाई जिउँदै जमिनमुनि कफिनमा पुर्न लगाएर एक हप्ता बिताउनेदेखि बुर्ज खालिफा चढ्ने, बडेमानको पिज्जा एकै पटकमा खाइसक्ने, जिउँदै बिच्छी चपाउनेजस्ता ‘अजिब–अजिब’ का स्टन्टबाजी गरी भिडियो बनाएर मिस्टर बिस्टले लाखौं भ्युज आर्जन गर्ने गरेका छन् । उनले आफ्नै ब्रान्डको पहिरन र फिस्टेबल नामक क्यान्डी बार पनि बनाएका छन् जुन निकै लोकप्रिय छन् । उनी आफ्ना प्रशंसक र भिडियो प्रतियोगिताका सहभागीलाई अक्सर बहुमुल्य तथा अनौठा पुरस्कार दिने गर्छन् । ओटीटी प्लेटफर्म नेट्फ्लिक्सको प्रख्यात ‘स्क्विड गेम’ लाई रिक्रिएट गरेर उनले बिजेतालाई ५ लाख डलर त पुरस्कार नै दिएका थिए । एउटा भिडियोमा उनी र उनका केटाहरूले बैंक लुट्दै गरेको नाट्य प्रस्तुति आयोजना गरेर पूरै १० लाख डलर आफ्ना युट्युब सब्स्क्राइबरलाई बाँडेका थिए । मिस्टर बिस्टले भिडियोमा देखाउने कतिपय गतिविधिहरू विवादास्पद पनि बन्ने गरेका छन् । उनीविरुद्ध कैयौं मुद्दासमेत परेको छ । उनले दिने भव्य राशिका उपहारमा कतिपयले कर छलीको आशंका गर्दै आएका छन् भने भिडियोमा इन्गेजमेन्ट बढाउन उनले चाहिनेभन्दा बढ्ता नौटंकी गर्ने गरेको भन्दै आलोचना हुने गरेको छ । पछिल्लो समय अमेजन प्राइमका लागि उनले बनाएको ‘बिस्ट गेम्स’ छायांकनका क्रममा असुरक्षित अवस्थालाई लिएर केही प्रतियोगीले मुद्दासमेत हालेका छन् । यस विषयमा मिस्टर बिस्टले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । परिवारसँगको उल्झन र करिअरका समस्याजस्ता युवाहरूको आम समस्यामाथि युट्युब भिडियो बनाउँछन्, जुन निकै चर्चित छन् । सकारात्मकता खोजी हिँडेका युवायुवतीलाई मिल्ने खालका आकर्षक र स्पष्ट सन्देशसहितका भिडियो बनाउनु उनको खुबी मानिन्छ । ‘सुरुदेखि नै मेरो लक्ष्य कठिन समयबाट गुज्रिरहेका मानिसलाई सहयोग गर्नु थियो,’ म्यानले फोर्ब्ससँग भनेका छन् । इन्फ्लुएन्सरमध्ये कुनै बेला पहिलो नम्बरमा आउने गरेकी टिकटकर चार्ली डिमेलियो यसपटक भने चौथो नम्बरमा पुगेकी छन् । सन् २०२१ मा १८ वर्षको उमेरमै उनी आफ्नो नृत्य कौशलका कारण सर्वाधिक धेरै आम्दानी गर्ने इन्फ्लुएन्सर बनेकी थिइन् । उनी गार्नियरलगायत प्रोडक्टका विज्ञापनहरूमा पनि देखिन्छिन् । चार्लीले आफ्नी दिदी डिक्सीसँग मिलेर फुटवेयर व्यवसाय अघि बढाएकी छन् । डिक्सी पनि चर्चित इन्फ्लुएन्सरको सूचीमा छैटौं स्थानमा छिन् । सन् २०२२ ताका टिकटकमा भाइरल भएका कमेडियन म्याट राइफ चर्चित इन्फ्लुएन्सरको सूचीमा तेस्रो स्थानमा परेका छन् । उनको वार्षिक आय ५० मिलियन डलर छ भने सामाजिक सञ्जालमा उनका फलोअर ३०.४ मिलयन छन् । सामाजिक सञ्जालको लोकप्रियताले उनका स्ट्यान्ड अप सोहरूमा दर्शकको घुइँचो लाग्ने गरेको छ । सर्वाधिक चर्चित जुम्ल्याहा दाजुभाइ एलेक्स र एलन स्टोक्स युट्युबमा प्र्यांक भिडियो, च्यालेन्ज र भ्लगहरू पोस्ट गर्छन् । यसैले उनीहरूलाई सर्वाधिक आम्दानी गर्ने इन्फ्लुएन्सरको सूचीको पाँचौं स्थान दिलाएको छ । टिकटक, इन्स्टाग्राम र युट्युब कन्टेन्टका लागि प्रख्यात छन् । विज्ञानका विषयलाई सरल ढंगले बुझाउन उनलाई गुगललगायत संस्थाले शैक्षिक कन्टेन्ट बढाउन साझेदारी गरेका छन् । मार्कले गत वर्ष अढाई करोड डलर आम्दानी गरेका थिए । युट्युबमा गरेर उनीहरूका फलोअर १० करोडभन्दा धेरै छन् । विगत एक वर्षमा दुई भाइले २ करोड डलर आम्दानी गरेका थिए । छैटौं स्थानकी डिक्सीले एक वर्षमा डेढ करोड डलर कमाएकी थिइन् भने उनका फलोअर करिब ९ करोड छन् । त्यस्तै सातौं स्थानमा रहेका अमेरिकी स्पेस एजेन्सी नासाका पूर्वइन्जिनियर मार्क रोबर अहिले विज्ञानसम्बन्धी यौन तथा प्रेमसम्बन्धी पडकास्ट ‘कल हर ड्याडी’ की होस्ट एलेक्जान्ड्रा कुपरले हालै त्यस्तै, टिकटकर खाबी लेम दसौं नम्बरमा छन् जसको एक वर्षको आम्दानी २ करोड डलर छ । उनलाई सामाजिक सञ्जालमा २६ करोडले फलो गर्छन् । डिजिटल मिडियाको चार्ली च्याप्लिन भनेर चिनिने खाबी टिकटकमा सबैभन्दा धेरै फलोअर (१७ करोड) भएका व्यक्ति पनि हुन् । मिम र भाइरल ट्रेन्डहरूमा नबोलीकनै हाउभावले प्रतिक्रिया दिने उनी चर्चित हुनुअघि इटालीको टुरिन भन्ने ठाउँका एक सामान्य मजदुर थिए । हाल ह्युगो बस, फोर्टनाइट, सोनी पिक्चर्स, वालमार्टजस्ता ख्यातिप्राप्त ब्रान्डहरूले उनीसँग साझेदारी गरेका छन् । ‘मदिरा कम्पनी, चुरोट वा कुनै पनि हानिकार वस्तुको प्रचार म कहिले पनि गर्न चाहदिनँ, किनभने मलाई धेरै संख्यामा बालबालिकाले फलो गर्छन्,’ खाबीले फोर्ब्ससँग भनेका छन् । आफ्नो शोलाई साइरसएक्सएममा प्रसारण गर्न करिब १३ करोड डलरको साझेदारी गरेकी छन् । स्पटिफाइमा चर्चित उनी यसै वर्ष एनबीसी च्यानलमार्फत पेरिस ओलम्पिक्सको होस्ट गरेर मूलधारको मिडियामासमेत प्रवेश गर्ने संकेत दिएकी थिइन् । विगत एक वर्षमा २ करोड डलरभन्दा धेरै आम्दानी गरेर उनी फोर्ब्सको सूचीमा आठौं नम्बरमा परेकी छन् । नवौं नम्बरमा छन् कमेडियनद्वय रेट र लिंक । युट्युबमा उनीहरूको ‘गुड मिथिकल मर्निङ’ चर्चित छ । यी दुईको गत वर्षको आम्दानी साढे तीन करोड डलर थियो । हाल २ सय ५० अर्ब डलरको इन्फ्लुएन्सर उद्योग तीन वर्षभित्रमा व्यापक बढेर ५ सय अर्ब डलरको हुने गोल्डम्यान स्यासको प्रक्षेपण छ । सामाजिक सञ्जालको बढ्दो प्रयोग र प्रभावले यस्ता इन्फ्लुएन्सरहरूको कमाइ र चर्चा मात्रै नबढेर सामाजिक, आर्थिक र राजनीतिक मुद्दामा समेत प्रभाव विस्तार हुँदै गएको छ । आगामी दिनमा वस्तु तथा सेवाको व्यापार र मनोरञ्जनबाट अघि बढेर सामाजिक विषयवस्तुमा पनि यस्ता इन्फ्लुएन्सरको बोलवाला थपिँदै जाने अनुमान गर्न सकिने फोर्ब्सले जनाएको छ ।