अन्य थपखेलकुददेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

अमेरिकालाई नेपालले दियो १७१ रनको लक्ष्य

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक ०४,

मुलुकमा भएको दोस्रो टी-२० मा नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ। अमेरिकाको डलासस्थित ग्राउण्ड पेरी स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएको हो। अमेरिकाका बलर जसदीप सिंह र नोस्थस केन्जीगेले २-२ विकेट लिएका थिए भने सौरभ नेत्राभलकरले एक विकेट हात पारे। अमेरिकाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ९२ रन बनाए। भुर्तेलले आक्रामक ब्याटिङ गर्दै ५४ बलमा अविजित ९२ रन बनाएका हुन्। त्यस्तै अनिल शाहले २५, गुलशन झाले १९, कप्तान रोहित पौडेलले १८ रन बनाएका थिए ।

Like