दसैंको टीका आज पनि लगाइँदै,भोलिदेखि कार्यालय खुल्ने भएसँगै काठमाडौं फर्किने क्रम पनि सुरू
रासंसा/काठमाण्डौ, आश्विन २८,
मुलुकमा बडादसैंको द्वादशी आज पनि अधिकांस स्थानमा टीका लगाउने क्रम जारी छ। विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहने छ। कतिपय स्थानमा भने विजयादशमीको दिन मात्र टीका–लगाउने परम्परा छ। आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेपछि टीका लगाउने क्रम पनि सकिनेछ। फूलपातीका दिन बिहीबार शुरु भएको बडादशैँको सार्वजनिक बिदा आजसम्म रहेको छ। टीकाको दिन आआफ्ना घरमा मान्यजनको हातबाट टीका लगाएसँगै टाढा रहेका आफन्तकोमा टीका लगाउने जाने प्रचलन छ। भोलिदेखि कार्यालय खुल्ने भएपछि काठमाडौंबाट गाउँ गएकाहरू फर्किने क्रम पनि सुरु भएको छ।
Like