खाद्य व्यवस्था तथा आचार्यलाई व्यापार कम्पनी लिमिटेडको सीईओमा नियुक्त गर्ने सरकारको निर्णय
रासंसा/काठमाण्डौ, श्रावण २८,
मुलुकमा सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा धादिङका रमेश आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । जसअनुसार सिफारिस समितिले आचार्यसहित तनहुँका डिल्लीराम लम्साल र भक्तपुरका गोपीकृष्ण न्यौपानेको नाम अन्तिम निर्णयार्थ मन्त्रिपरिषद्मा पठाएको हो । आवेदन भने कुल १८ जनाले दिएका थिए । प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान भएअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्मा तीन जना प्रतिस्पर्धीको नाम सिफारिस गरेको थियो । जसमध्ये लम्साल हाल खाद्यमै निमित्त प्रमुख कार्यकारी अधिकृत रहेका छन् । उनी अकुत आर्जनको आशङ्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा रहेका व्यक्ति हुन् । यसबारे रातोपाटीले समाचार प्रकाशित गरेपछि उनी वक्तव्यबाजीमै उत्रेका थिए । ती मन्त्रीका अनुसार तलब समायोजनमा करिब ७ अर्ब वार्षिक राज्यलाई आर्थिक भार पर्ने भएकाले प्रस्ताव पेस भए पनि निर्णय हुन नसकेको हो । मन्त्रालयले ठोस खाका बनाएपछि आवश्यक निर्णय हुने उनको भनाइ छ। यसैगरी मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा कर्मचारीको तलब समायोजनबारे छलफल भए पनि कुनै निर्णय नभएको जनाइएको छ । कर्मचारीको तलब समायोजन गर्दा राज्यलाई सात अर्ब आर्थिक भार पर्ने भएकाले अर्थ मन्त्रालयलाई ठोस खाका तय गर्न मन्त्रिपरिषद्ले जिम्मेवारी दिएको एक मन्त्रीले जानकारी दिए। सर्वोच्च अदालतले मर्यादाक्रमको आधारमा कर्मचारीको तलबमान समायोजन गर्न परमादेश जारी गरेसँगै सरकारलाई समायोजन गर्नै पर्ने बाध्यता आइलागेको हो।