रास्वपाका मन्त्रीहरू राजीनामा बुझाउँदै
रासंसा/काठमाण्डौ, आषाढ २०,
मुलुकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दहाललाई आज राजीनामा बुझाउँदै छन्। उनले बुधवार नै राजीनामा दिने तयारी भएपनि पार्टी बैठकका कारण सम्भव नभएकाले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाउने तयारी रहेको बताए। रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आज बिहान प्रधानमन्त्री दाहाललाई भेटेर मन्त्रीहरूले राजीनामा बुझाउने बताए। यसअघि सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले बुधवार साँझ नै सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सामूहिक राजीनामा बुझाएका थिए।
Like