आजपनि सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिनेगरि संसद बैठक बस्दै,

Share to:

रासंसा/काठमाण्डौ, आषाढ १०,

मुलुकमा प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। त्यसअघि राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सुरक्षित कारोवार (पहिलो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ। आजको बैठकमा पनि विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।

Like