बालुवाटारमा कांग्रेससहित सत्तारुढ दलको बैठक जारी

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ ११,

मुलुकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित सत्तारुढ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। संसदीय छानबिन समितिको कार्यादेश (टिओआर)मा सहमति जुटाउन सत्तापक्ष र प्रतिपक्षीबीच छलफल सुरू भएको हो। संसदीय छानबिन समितिमा गृहमन्त्रीको नाम नराखिकनै सहकारीको नाम राख्ने विषयमा प्रस्ताव आएपछि उनीहरू छलफलमा जुटेका हुन्। यसअघि संसदीय छानबिन समितिको टिओआरमा सहमति हुन नसक्दा संसद अवरुद्ध हुँदै आएको छ। आज बसेको प्रतिनिधिसभा बैठक पनि कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो। बैठक आइतबार ११ बजेका लागि बोलाइएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी छन्।

Like