दल दर्ताको प्रमाणपत्र अशोक राई नेतृत्वको जसपाले लियो

Share to:

रासंसा/काठमाण्डौ, बैशाख २४,

मुलुकमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले दल दर्ताको प्रमाणपत्र लिएको छ। निर्वाचन आयोगले सोमबार साँझ अध्यक्ष राईलाई दल दर्ताको प्रमाण पत्र हस्तान्तरण गरेको हो। राईले आइतबार ७ सांसदसहित नयाँ दल दर्ताका लागि निवदेन दिएका थिए। राई नेतृत्वको नयाँ पार्टीमा प्रदीप यादव, रेनु यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महतो, रन्जु कुमारी, हसिना खान र सुशीला श्रेष्ठलगायत ७ जना सांसद रहेका छन्। निर्वाचन आयोगका आयुक्तहरूको सोबार बसेको बैठकले जसपालाई दलको मान्यता दिएको हो। जसपालाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम निर्वाचन आयोगले दल दर्ताको मान्यता दिएको हो।

Like