अन्य थपदेशधर्म–संस्कृति/रीतिथितिप्रदेश-३ [बागमती]मुख्य समाचारशिक्षासंचारसमाचारस्पेसलहेडलाइन

नुवाकोटको भैरवी मन्दिरमा ‘सिन्दुरे जात्रा’

Share to:

रासंसा/नुवाकोट, बैशाख १३,

मुलुकमा नुवाकोटको ऐतिहासिक तथा धार्मिक स्थान भैरवी मन्दिरमा सिन्दुरे जात्रा मनाइएको छ। लामो अवधिको सो जात्रा विशेष रुपमा मनाइने गरिएको छ। प्रसिद्ध देवीघाटको जालपा देवी मन्दिर र नुवाकोटको भैरवी मन्दिरमा भगवानको दर्शन गर्न तथा धामी धमिनी हेर्न र दर्शन गर्न नुवाकोटसहित रसुवा, धादिङ, काठमाडौं, चितवनलगायतका जिल्लाका हजारौं भक्तजनहरुको उपस्थिति थियो। नेपालकै लामो दूरीको रथ यात्रा गरिने सिन्दुरे जात्रा डेढ महिनासम्म नुवाकोटको भैरवी र जालपादेवी मन्दिरमा भव्य रुपमा लाग्ने गरेको छ। सरकारको प्रतिनिधि द्वारेले भैरवी मन्दिरका पुजारी धामीधमिनीलाई विजयको प्रतीक स्वरुप सिन्दुर हालेर बिहीबार सिन्दुरे जात्रा गरिएको हो। यसअघि चैत्र शुक्ल पूर्णिमाको दिन नै साततले दरवार राष्ट्रिय संग्रहालयसँगै रहेको भैरवी मन्दिरमा दुई दिनपछि द्वितियाको दिनमा भएको सिन्दुरे जात्राको निम्तो स्वरुप बहिनी भैरवीले दिदी जालापादेवीलाई निम्तो बोलाउन गएको भन्ने किंवदन्ती रहेको छ। किंवदन्ती अनुसार जालपादेवीसहित भैरवी मन्दिरमा आएपछि दिदी आएको अवसरमा सिन्दुरे जात्रा गरि हर्ष बढाई गरिएको हो।

Like