अन्य थपअपराधअर्थतन्त्रदेशप्रदेश-२मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

भूमिसुधारका नौ हजार घुस लिने नासुसहित दुईजनालाई कैद र जरिवाना

Share to:

रासंसा/काठमाण्डौ, चैत्र २०,

मुलुकमा विशेष अदालतले भ्रष्टाचार मुद्दामा दुईजनालाई सजाय सुनाएको छ। भूमिसुधार कार्यालय महोत्तरीका नायब सुब्बा र लेखापढी व्यवसायीलाई घुस लिएको अभियोगमा दोषी ठहर गरेको हो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि यसै वर्ष ७ वैशाखमा मुद्दा चलाएको थियो। विशेषका अधिकृत यज्ञराज रेग्मीका अनुसार पण्डितलाई एक महिना कैद र नौ हजार रुपैयाँ जरिवाना तोकेको छ। विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजालसले गत वैशाखमा दायर मुद्दामा फैसला गरेको हो। घुस लिई भ्रष्टाचार गरेको मुद्दामा फैसला गर्दै विशेषले नासु रामकृष्ण पण्डित र लेखापढी व्यवसायी सुभाषचन्द्रलाल कर्णलाई दोषी ठहर गरेको हो। जलेश्वरमै भूसेवा केन्द्र सञ्चालन गर्दै आएका लेखापढी व्यवसायी कर्णलाई विशेषले मतियार ठहर गर्दै आधा सजाय गरेको छ। उनलाई १५ दिन कैद र ४५ सय रुपैयाँ जरिवानाको सजाय सुनाइएको हो। कर्ण र पण्डितले भनेअनुसार सेवाग्राहीसँग नौ हजार घुस लिएको भेटिएको थियो। घुसबापतको रकम लिइसकेको अवस्थामा १८ फागुन २०७९ मा कर्णलाई रंगेहात नियन्त्रणमा लिइएको थियो। दाखिला खारेज गरी जग्गाधनी पुर्जा दिलाइदिने प्रयोजनका लागि पण्डितले घुस मागेका थिए।

Like