यस वर्ष ९५० मेगावाट विद्युत् उत्पादन गर्ने प्राधिकरणको प्रक्षेपण

Share to:

रासंसा/काठमाण्डौ, चैत्र १७,

मुलुकमा नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/०८१ को अवधिमा ९५० मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण गरेको छ। साना तथा ठुलो क्षमताका विभिन्न ५१ वटा जलविद्युत् आयोजना सम्पन्न भएर विद्युत् उत्पादन हुने अपेक्षा लिएको हो। त्यस्तै, ७३ मेगावाटको मध्य तमोर, ७१ मेगावाट क्षमताको निलगिरीखोला–२ (क्यासकेड), ५१.४ मेगावाटको लिखु–१, ३८ मेगावाटको निलगिरीखोला,३२ मेगावाटको करुवा सेती जलविद्युत् आयोजना, ३० मेगावाटको खानी खोला जलविद्युत् आयोजनाहरू यस वर्ष सम्पन्न गर्ने प्राधिकरणको कार्य तालिका छ। जसमध्ये केही ठुलो क्षमताका जलविद्युत् आयोजनाहरू समेत छन्। प्राधिकरणको सहायक कम्पनीमार्फत प्रवर्द्धन भइरहेको १११ मेगावाट क्षमताको जलविद्युत् आयोजना पनि चालू आवभित्रै सम्पन्ने गर्ने योजना छ। चालू आवको हालसम्म १४.३ मेगावाटको अपर मैलुङखोला, १ं० मेगावाटको ब्लक–१ जलविद्युत् परियोजना र ९ मेगावाटको अपर चेपेखोला जलविद्युत् आयोजना सम्पन्न भई व्यावसायिक रूपमा विद्युत् उत्पादन भइसकेको छ। ठुलो क्षमताका कतिपय जलविद्युत् आयोजना निर्माणको अन्तिम तयारीमा छन्। काबु बाहिरको परिस्थिति र अन्य कारणले निर्माणमा ढिलाइ नभएको खण्डमा मात्रै प्राधिकरणले लिएको लक्ष्य हासिल गर्न सकिने देखिन्छ।

Like