जसपाको प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय
रासंसा/काठमाण्डौ, फाल्गुण २९,
मुलुकमा जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। बैठकमा जसपा नेपालको संसदीय दलले आफ्ना सांसदहरूलाई सरकारको पक्षमा मतदान गर्न ह्विपसमेत जारी गरेको हो । मंगलबार सिंहदरबारमा जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सरकारको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।
Like
