गृहमन्त्रीले सुरक्षा प्रमुखको आकस्मिक बैठक संसदमा सुरक्षा कमजाेरी भन्दै भन्दै बोलाए

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण १४,

मुलुकमा लघुवित्तका ऋणीहरु संसद् भवन छिरेर आन्दोलन गरेको विषयलाई लिएर गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायका प्रमुखहरुको आकस्मिक बैठक बोलाएका छन्। सुरक्षा निकायको कमजोरीका कारण ललघुवित्तका ऋणीहरू संघीय संसद भवनभित्र पसेको भन्दै गृहमन्त्रीश्रेष्ठले तीन वटै सुरक्षा निकायका प्रमुखसँग सोधपुछ गरिरहेका छन्। गृहसचिव दिनेश भट्टराई, नेपाली प्रहरीका प्रमुख आईजीपी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा लगायतको सहभागीतामा अहिले मन्त्रालय बैठक चलिरहेको छ। स्रोतका अनुसार गृहमन्त्रीले १७ जना प्रहरीको जिम्मेवारी हेरफेर गरेका छन्। निषेधित क्षेत्र तोडेर लघुवित्त ऋणीहरु संसद् भवन समेत प्रवेश गरे। निषेधित क्षेत्र तोड्ने ४९ जनालाई प्रहरीले नियन्त्रणमा लिई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेकाे छ। सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक सञ्चालन भइरहेको बेलामा लघुवित्त ऋणीहरुले परिसरमै पुगेर नाराबाजी गरेका थिए। लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरू संसद् भवनभित्रै प्रवेश गरी प्रदर्शन थालेका हुन्। यसअघि घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेश राज मैनालीको संयोजकत्वमा तीन सदस्यी छानबिन समिति बनेको थियो।

Like