रुसीका प्रतिपक्षी नेता नभाल्नीको मृत्युपछि अमेरिका–रुस आमनेसामने
एजेन्सी,
विश्वमा रुसका प्रतिपक्षी नेता एलेक्सी नभाल्नीको मृत्युपछि अमेरिका र रुस पुनः एकपटक आमनेसामने देखिएका छन् । रुसले युक्रेनमाथि गरेको युद्धका दुई वर्षपछि रुसको कठोर जेलमा प्रतिपक्षी नेता नभाल्नीको शंकास्पद मृत्यु भएको भन्दै अमेरिकालगायतका शक्ति राष्ट्रले विरोध जनाएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले सो प्रतिबन्ध नभाल्नीलाई जेल हाल्ने कार्यमा सहायक बनेका तथा युद्ध मामिलामा संलग्न भएकामाथि केन्द्रित रहेको बताएका छन् । व्यक्तिगत वा संस्थागत गरी १ सय जतिलाई निर्यात प्रतिबन्ध लगाइएको छ । अमेरिकी राष्ट्रपति बाइडनले विदेशमा गरिएको आक्रमण र देशभित्रै भइरहेको दमनका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘अझ ठूलो मूल्य चुकाउने’ कुरालाई सुनिश्चित गर्ने जनाएका छन् । बाइडेनले युक्रेनमा थप सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । जसले गर्दा अमेरिका र रुसबीच झनै द्वन्द्व बढ्ने निश्चित छ । रुसले युक्रेनमाथि गरेको आक्रमणमा अमेरिकालगायत युरोपेली मुलुकले युक्रेनको सार्वभौमिकतामाथि आफूहरूको साथ छ भन्दै हतियार तथा सैन्य सहयोग गर्दै आइरहेकामा थप बढाउने संकेत अमेरिकी राष्ट्रति बाइडेनले गरेका छन् । नभाल्नीको मृत्युपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरेको छ । १५ फ्रेब्रुअरीमा नभाल्नीको मृत्युपछि अमेरिकालगायत विश्वका शक्ति राष्ट्रले एक स्वरमा रुसी राष्ट्रपति पुटिनको विरोध गरिरहेका छन् । दुई दिनअघि मात्रै नभाल्नीको मृत्युको जिम्मेवार पुटिन भएको भन्दै अमेरिकाले ५ सयवटा विषयमा आर्थिक प्रतिबन्धको घोषणा ग¥यो । अमेरिकाले रुसद्वारा युक्रेनमाथि गरिएको हमला तथा युक्रेनी भूभाग कब्जा तथा विपक्षी नेता एलेक्सी नभाल्नीको जेलमै भएको मृत्युलाई लिएर ती प्रतिबन्ध घोषणा गरेको हो । त्यस्तै, युरोपेली संघ ईयूले पनि रुसलाई अस्त्र खरिदमा सहयोग गरेका वा युक्रेनी बालबालिकालाई अपहरण गर्नेलगायतका कार्यमा संलग्न भएका भन्दै २ सय जति व्यक्ति र कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । रुसले ती आरोपहरूको खण्डन गर्दै आएको छ । नयाँ प्रतिबन्ध घोषणाको प्रतिक्रियास्वरूप रुसी विदेश मन्त्रालयले रुसमा प्रवेश गर्न नपाउने सूचीमा युरोपेली संघका थप अधिकारीलाई समावेश गरेको बताएको छ । शक्ति राष्ट्रहरूले पुटिनको चर्को आलोचना गरिरहेकै बेला नभाल्नीको स्मृतिमा शोकसभा सहभागी १ सय जनाभन्दा बढीलाई हिरासतमा लिएको ओभिडी–इन्फो नामक मानव अधिकारवादी समूहले जनाएको छ । ४७ वर्षीय क्रेमलिनका कट्टर आलोचक नभाल्नीको रुसको आर्कटिकमा १९ वर्षको जेल सजाय काटिरहेका वेला मृत्यु भएको शुक्रबार रुसी अधिकारीले बताएका थिए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले ‘हिरासतमा भएको भनिएको नभाल्नीको मृत्युको परिस्थिति’bout पूर्ण विश्वसनीय तथा पारदर्शी छानबिन’ हुनुपर्ने माग गरेका छन् भने अमेरिकाका राष्ट्रपति जो बाइडनले घटनाका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जिम्मेवार रहेको बताएका छन् । मृत्युको खबरले रुसभित्र र बाहिर रहेका नभाल्नीका समर्थक तथा प्रशंसक शोकमा डुबेका छन् । एकातिर नभाल्नीको मृत्यु’bout संशय उत्पन्न भइरहेका बेला शोकसभामा सहभागीलाई पक्राउ गरेर हिरासतमा लिएकोमा मानवअधिकारवादीले विरोध जनाइरहेका छन् । नभाल्नीको शवसमेत परिवारलाई दिइएको छैन । नभाल्नीको श्रीमती र आमा छोराको शव पाउन संघर्ष गरिरहेका छन् । नभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा कडा आलोचक थिए । ४७ वर्षका नभाल्नीले राष्ट्रपति पुटिनलाई भ्रष्ट व्यक्ति भएको आरोप लगाउँदै आएका थिए । उनी भ्रष्ट्राचारविरोधी अभियानकर्ता पनि थिए । सन् २०१८ को राष्ट्रपतीय निर्वाचनमा उनी उम्मेदवार बन्न खोजेका थिए तर उनलाई आर्थिक हिनामिनाको आरोपमा उम्मेदवार बन्न दिइएन । उनीहरूलाई यो लडाइँमा अमेरिकी राष्ट्रपति जो बाइडेनले साथ दिइरहेका छन् । यसै सन्दर्भमा बाइडेनले सान फ्रान्सिस्कोको एक होटलमा नभाल्नीकी पत्नी र छोरीसँग भेट गरेका हुन् । जुन तस्बिर ह्वाइट हाउसले सार्वजनिक गरेको छ । एक तस्बिरमा नभाल्नीकी पत्नी युलिया नभलनयासँग बाइडेनले गला मिलाएका छन् । नडराई बोल्ने ब्लगरका छवि बनाएका उनलाई सामाजिक सञ्जालमा लाखौं रुसीले पढ्छन् र सन् २०२० मा उनका केही समर्थकहरू साइबेरियाको स्थानीय निर्वाचनमा निर्वाचित पनि भएका थिए । उनले रुसको सबैभन्दा ठूलो पुटिनको पार्टी युनाइटेड रसियालाई ठग र चोरहरूको पार्टी भनेका थिए । पछिल्ला वर्षमा उनले उच्च तहमा भ्रष्टाचारको आरोप लगाउँदै कैयौं फिल्म रिलिज गरेका थिए । नभाल्नीले रुसी राजनीतिमा पारदर्शिता खोजेका थिए र विपक्षी उम्मेदवारलाई छनोट गर्न मद्दत गरेका थिएन । अगस्ट २०२० मा उनी साइबेरियामा खोज रिपोर्ट तयार गर्दै थिए । उनले स्थानीय निर्वाचनमा पनि विपक्षी उम्मेदवारको प्रचारप्रसार गरिरहेका थिए । यसै क्रममा उनलाई विष खुवाएर मार्ने प्रयास गरिएको थियो । विषले गम्भीर अवस्थामा पुगेका उनलाई उपचारका लागि जर्मनी लगिएको थियो, जहाँ उनलाई रुसी निर्मित नर्भ एजेन्ट नोविचोक खोपले आक्रमण गरेको खुलासा भएको थियो । उनी सन् २०१३ मा मस्कोको मेयर पदका लागि चुनाव लडेका थिए । त्यो चुनावमा उनी दोस्रो भएका थिए । पछि उनले राष्ट्रपति पदका लागि चुनाव लड्ने प्रयास गरेका थिए । तर, आपराधिक मुद्दाका कारण उनलाई चुनाव लड्न प्रतिबन्ध लगाइयो । उनले यी घटनालाई राजनीति प्रेरित भनेका थिए । नभाल्नीले रुसी गुप्तचर एजेन्सीले आफूलाई विष खुवाएको आरोप लगाएका थिए । रिपोर्टका अनुसार उनले रुसको गुप्तचर एजेन्सी एफएसबीका एजेन्टलाई प्रलोभनमा राखेर आक्रमणको जानकारी पनि संकलन गरेका थिए । नभाल्नीले रेकर्ड गरेर पछि युट्युबमा पोस्ट गरेको फोन कलमा एजेन्ट कोन्स्टान्टिन कुद्र्याभत्सेभले उनलाई विषादीयुक्त खोप रोपेको बताएका थिए । विष सेवन गराइएपछि उनी लामो समयपछि होसमा आए । त्यसपछि उनलाई रुसमा सुरक्षित नहुने भन्दै नजान भनियो । तर, उनले आफू राजनीतिक प्रवासी नबन्ने भन्दै बर्लिनबाट देश फर्किए । देश फर्किएलगतै उनलाई विमानस्थलबाटै पक्राउ गरेर कठोर जेलमा राखिएको थियो ।